अनेसास न्यूह्यामसायरको बार्षिक साधारण सभा तथा देवकोटा जयन्ती सम्पन्न!
अनेसास न्यू ह्याम्पसायरको आयोजनामा संस्थाको १२औं साधारण सभा तथा ११७औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती एक भब्य समारोह विच यही अक्टोबर १८, २०२५ मा १० रिभरसाइड स्ट्रीट हुक्सेटमा न्यु ह्याम्पसायरमा सम्पन्न भएको छ।
अनेसास न्यु ह्याम्पसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, विशिष्ठ अतिथि निवर्तमान महासचिव विमला निरौला, संस्कृति विभाग प्रमुख साहित्यकार महेश्वर पन्त रहनु भएको थियो। कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देवकोटाको फोटोमा माल्यार्पणसँगै प्रसिद्ध गायक रोशन गुरुङद्वारा महाकविको रचना “ कुन मन्दिरमा जान्छौ यात्री?” को सुमधुर गायनबाट प्रारम्भ गरिएको थियो। कार्यक्रममा साहित्यकार मोहन निरौलाले महाकविबारे छोटो टिप्णी गर्नुभएको थियो। तत्पश्चात महासचिव नन्द शर्माले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अन्सु श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले दुबै प्रतिवेदनहरू करतल ध्वनिले पारित गरेको थियो।
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
यसका साथै अनेसासको आजीवन सदस्य बन्नुभएका अनिल संग्रौला, कमल महर्जन र शशी अधिकारीलाई आजीवन सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो।
साधारण सभाको कार्यक्रमपछि मंच निर्वाचन समितिलाई हस्तान्तरण गरियो र निर्वाचन प्रमुख शिवकुमार राई र आयुक्त डा रूद्र अर्यालले संयुक्त रूपमा निर्वाचन परिणाम घोषणा गर्दै सर्वसम्मतबाटा निर्वाचित अध्यक्ष – नविन शर्मा, उपाध्यक्ष – प्रेम सागर खतिवडा, महासचिव – राजु विश्वनाथन, कोषाध्यक्ष – कमल महर्जन र बोर्ड सदस्य अनिल संग्रौलालाई सपथ एवं प्रमाणत्र वितरण गर्नुभएको थियो। विशेष कारणवस कार्यसमिति सदस्य तारादेवी न्यौपाने, निगम रिमाल र डा पुष्पमान जोशी अनुपस्थित रहनुभएको थियो।
नवनिर्वाचित अध्यक्ष नविन शर्मालाई निवर्तमान अध्यक्ष हरिमाया अधिकारीले अध्यक्षको आसनग्रहण गराउनुभए पश्चात कार्यक्रमको दोस्रो सत्र प्रधान संपादक इश्वरी भट्टले संचालन गर्नुभएको थियो। यस सत्रमा संस्थालाई निवर्तमान कार्यसमितिमा रहेर सहयोग गर्नुहुने सबै पूर्व कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई धन्यबाद र कृतज्ञता प्रकट गर्दै सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि लालगोपाल सुवेदीले अनेसास न्यूह्याम्पसायपको कामको प्रसंशा गर्दै महाकविको परिचयात्मक टिप्पणी गर्नुभएको थियो। त्यसैगरी संस्कृति विभाग प्रमुख साहित्यकार महेश्वर पन्तले आफू सँधै अनेसास न्यूह्याप्सायरको कार्यक्रमहरूमासँगै रहेको र रहने भन्ने आफ्ना भनाइसँगै रचना वाचन गर्नुभयो। त्यसैगरी बोस्टन च्याप्टरका प्रधान सम्पादक प्रतिक रावलले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै प्रधान सम्पादक रावलले संस्थालाई सहयोग गर्ने सम्पूर्णमा धन्यबाद ज्ञापन गर्नुभएको थियो।
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
प्रधान सम्पादक एवं बिओटी पुरस्कार समिति सदस्य सचिव ईश्वरी भट्टले अनेसास न्यू ह्याम्पसायरको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै १२औं साधरण सभा एवं ११७औं देवकोटा जयन्तीमा उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा प्रमुख अतिथि लालगोपाल सुवेदी, केन्द्रका पूर्व महासचिव विमला निरौला, संस्कृति विभाग प्रमुख एवं साहित्यकार महेश्वर पन्त, बोष्टन च्याप्टर महासचिव प्रतिक रावल, एनआरएनए कोषाध्यक्ष कमल ढुंगाना, एनआरएनए च्याप्टर अध्यक्ष रोसन गुरुङ, नेपाली समाज अध्यक्ष लाक्पा शेर्पा, तमु समाज अध्यक्ष विकास गुरुङ, प्रमुख निर्वाचन आयुक्त शिवकुमार राई, निर्वाचन आयुक्त डा रूद्र अर्याल लगायत सम्पूर्ण संस्थाका प्रतिनिधिहरू महिला नेतृ एवं समाजसेवी क्षत्रकुमारी गुरुङ, किरण गुरुङ, संस्थापक अध्यक्ष अग्नि पराजुली, ट्रस्टि शारदा भट्ट, नेपाली समाजका कोषाध्यक्ष भेषराज शर्मा, पूर्व अध्यक्ष समाजसेवी रविन थापा, साहित्यकार मोहन निरौला, रजिना नेपाल, अनेसासका वर्तमान तथा पूर्व पदाधिकारीहरू, स्वयंसेवक प्रतिक भट्ट, मरिया अग्लिवोट, रमेश श्रेष्ठ लागायतलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
कार्यक्रममा नवनिर्वाचित महासचिव राजु विश्वनाथानले आफ्ना रचना वाचन गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्षले कार्यक्रम समापन गर्नुभएसँगै कलाकार हरिमाया अधिकारी, प्रेम सागर खतिवडा, कलाकार आन्या वैद्य आदिले रोमान्चक देउसी-भैलो कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई हौसला दिदै हरिमाया अधिकारी, हितमान गुरुङ, भेषराज शर्मा, शिवकुमार राई, अग्नि पराजुली, शारदा माया भट्ट, प्रदिप कार्की, रजिना नेपाल, प्रतिक भट्ट, क्षत्रकुमारी गुरुङ, मोहन/विमला निरौला, रविन थापा, लाक्पा शेर्पा, उषा गुरुङ, नविन शर्मा, अन्सु श्रेष्ठ लगायत थुप्रै उपस्थित व्यक्तिहरूले भैलो चन्दा प्रदान गर्नुभएको थियो।
समाचार सम्पादन
इश्वरी भट्ट – प्रधान सम्पादक