दार्जिलिङकी विन्द्या सुब्बा पोखरेलीबाट सम्मानित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की बोर्ड अफ ट्रस्टी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई गत सोमवार पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत सम्मान गरेको छ ।

भारतको दार्जिलिङबाट आएकी बरिष्ठ आख्यानकार विन्द्या सुब्बाले सो अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको विभागीय पुस्तकालयमा सुब्बाले पुस्तक हस्तान्तरण गरेकी छन्।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सुब्बाले भनिन्– “जीवनमा सुखदुख जे प्राप्त हुन्छ त्यसलाई खुशीसाथ ग्रहण गर्दा जीवनमा शान्ति प्राप्त हुन्छ।”

वरिष्ठ कथाकार सुब्बाका कथाक्रम (१९८४), हस्पिस (२००३), शीतलहर (२०१३) कथाकृतिहरुलगायत दर्जनौं कृतिहरु प्रकाशित रहेका छन् । सुब्बाले मैनाली कथा पुरस्कार, दियालो, अगमसिंह गिरी, साहित्य अकादमी, अनेसास विशिष्ट सम्मानलगायत अनेकौं पुरस्कार र सम्मानहरु पाएकी छन् ।

सो कार्यक्रम नेपाली विभागका विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा शब्द तथा खादाका माध्यमबाट डा. तिमिल्सिनाले स्वागत गरेका थिए ।

वरिष्ठ आख्यानकार विन्द्या सुब्बाको साहित्यक योगदानका बारेमा वरिष्ठ संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्यौपानेले प्रकाश पारेका थिए ।

कार्यक्रममा डा. पुण्यप्रसाद शर्मा, डा. श्रीधर न्यौपाने, उपप्राध्यापक निर्मल सापकोटालगायत प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्