नेपाल स्रष्टा समाजको कोशी प्रदेश अध्यक्षमा मार्सेली
विराटनगर । नेपाल स्रष्टा समाज,कोशी प्रदेशको प्रथम साधारण सभा सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यमा सम्पन्न सभाले कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिमा लक्ष्मी पोखरेल सचिव,बाबुराम पोखरेल कोषाध्यक्ष चयन भएका छन् भने सदस्यहरुमा क्रमशः हरि कट्टेल,प्रयाग न्यौपाने,मीनकुमार नवोदित,निर्मला कोइराला,पुष्पा सायरा,शारदा भट्टराई, सुजाता राई र निर्मला नेपाल चयन भएका छन् ।
साधारण सभामा साहित्यकार गोकुल व्याकुलको जीवन, संघर्ष र मृत्यू आत्मसंस्मरण प्रमुख अतिथि रोदन लगायतका अतिथिहरुले लोकार्पण गरेका थिए । लोकार्पित कृतिमाथि प्रा.डा.भुषण ढुंगेलले समीक्षा गरेका थिए ।
साधारण सभामा विशिष्ठ अतिथिको रुपमा वरिष्ठ साहित्यकार विवश पोखरेल, प्रा.कविराज न्यौपाने, समाजका केन्द्रीय सदस्य प्रदीप सापकोटा, हरि कट्टेल, सरला चापागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए भने लोकार्पित कृतिका स्रष्टा गोकुल व्याकुलले लेखन गर्भको बारेमा आफ्नो अनुभूति राखेका थिए ।
कृष्णप्रसाद भण्डारी मार्सेलीको सभापतित्व र लक्ष्मी पोखरेलको सञ्चालनमा सम्पन्न उक्त साधारण सभामा बाबुराम पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
