डा. राजवंशीको ‘विक्रमसंवतदेखि लुम्बिनीसम्म’ लोकार्पित
काठमाडौँ । लिपि तथा इतिहासविद डा. श्यामसुन्दर राजवंशीको इतिहास र संस्कृति सम्बन्धी पुस्तक ‘विक्रमसंवतदेखि लुम्बिनीसम्म’ लोकार्पण गरिएको छ ।
चिवहाल ठमेल, गौचरमा इखबरनेट मिडियाको आयोजनामा भएको कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङग, वरिस्ठ साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन ‘, दिलबहादुर महर्जन, इखबर नेटका प्रधान सम्पादक प्रदीप सापकोटा लगायतले सो कृति लोकार्पण गरेका हुन् ।
प्रमुख अतिथि जोशीले इतिहास कहिलेपनि पूर्ण नहुने बताउँदै सत्य अन्वेषण कार्यमा डा. राजवंशी सफल भएको बताए । परम्परागत कुरालाई तथ्यले थप कुरा वाहिर ल्याएको उनको भनाई थियो ।
लोकार्पित कृतिमाथि चर्चा गर्दै पुरातत्त्व महानिर्देशक प्रधानाङ्गले नयाँ नयाँ तथ्यले पुस्तक भरिएको बताइन । तथ्य र प्रमाणको आधारमा इतिहास केलाइएको पनि उनले बताइन । डा .राजवंशीले अभिलेखविज्ञको रुपमा धेरै तथ्य पुस्तक मार्फत वाहिर ल्याएको हुँदा कृति इतिहासका पाठक, अध्येता, अनुसन्धानदाता लगायत सबैको निम्ति उपयोगी भएको बताईन ।
इतिहास सधैँ खोजको सबाल रहेको बताउँदै नेपाल स्रष्टा समाजका अध्यक्ष समेत रहेका रोदनले पुस्तक महत्वपूर्ण भएको बताए । उनले कृति त्यतैतिर उन्मुख भएको ले सबै सामु पुर्याउन पर्नेमा जोड दिए । कृतिकार डा. राजवंशीले आफ्नो निम्ति आजको दिन सुखद भएको बताउँदै पाठकको प्रतिकृया आफुले चाहेको बताए ।
इखबर नेटका प्रधान सम्पादक सापकोटाले सन्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व दिल बहादुर महर्जनले गरेका थिए । प्रकाशन गृहका प्रबन्धक बसन्तराम नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा मन्चासिनहरुलाई रास्टमान तुलाधरले खादा अर्पण गरेका थिए । कार्यक्रम चिबहाल परिवार, ठमेल र अशोक चैत्य जिणोद्वार एवं संरक्षण समितिले सहकार्य गरेका थिए ।
