श्रष्टा समाजद्वारा दुई साहित्यकारहरुलाई सम्मान घोषणा
काठमाडौं । नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर दुई साहित्यकारहरुलाई सम्मान गर्ने घोषणा गरेको छ ।
समाजले २१ हजार एकसय ११ नगद राशी सहितको सुभद्रा-विश्वराज सम्मान-२०८२ द्धारा वरिष्ठ कवि प्रल्हाद पोखरेल तथा १५ हजार एकसय रुपैयाँ नगद राशी सहितको प्रसिद्ध कडेल युवा स्रष्टा सम्मान-२०८२ द्धारा युवा साहित्यकार अनिता पन्थीलाई सम्मान गर्ने भएको खबर प्राप्त भएको छ ।
यी दुबै सम्मानहरु समाजको १९औं स्थापना दिवसको अवसर पारेर आगामी पौष १६ गते स्रष्टाहरुलाई समर्पण गरिने निर्णय भएको अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
