अनेसास दर्पणको संयोजन तथा मिलापको आयोजनामा सङ्केतको अन्तिम साँझ लोकार्पण

बेलायतमा बसोबास गर्ने विशेषगरी युद्ध साहित्यमा आफ्नो पहिचान बनाएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’  हिजो आइतवार साँझ लोकार्पण गरिएको छ ।

वरिष्ठ साहित्यकार खेमनाथ दाहालले सभापतित्व गरेको कार्यक्रमलाई अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालद्वारा स्वागत तथा गीता अधिकारीले सहजीकरण गरिएको थियो ।

मिलाप पब्लिकेशनको आयोजना तथा अनेसास दर्पणको संयोजनमा आइतवार ललितपुर कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित एक विशेष कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’  थिएभने कृतिमाथि समीक्षा प्रगति राई, कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, लगायतले गरेका थिए ।

प्रमुख अतिथिको भूमिकामा रहेका श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरुको अस्तित्व सदैव स्थिर हुन नसक्ने भन्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा लगातार प्रवाहित भइरहने स्रष्टाहरुको सुदुर गन्तव्य सुनिश्चित रहने बताए ।

पुरस्कार,प्रतियोगिता र हल्लाखल्लाका भरमा स्थापित हुने रहर पाल्ने कतिपय सर्जकहरुको भीडमा केदार सङ्केत फरक रहेको बताए । उनले प्रयोगवादी शैली, विषवस्तुको विविधता कथानकमा गम्भीरता जस्ता विशेषताले गर्दा राम्रा कृतिका लागि हल्ला गरिरहनु नपर्ने समयको प्रवाहले आफैं मूल्यांकन गर्दै सिर्जनशील कर्मको बलमा आफैँ चर्चाको चुली चढ्दै जाने बताए ।

कृतिमाथि परिचर्चा गर्दै साहित्यकार प्रगति राईले केदार सङ्केतको कतिपय कथाहरु यदाकदा पढ्न पाइएको तर्फ इङ्गित गर्दै अलिक फरक धारमा आएको कथाले समाजको यथार्थवाद र प्रयोगवादलाई प्रश्रय दिएको बताइन् । उनले केदारका लेखन शील्पसँग आफू परिचित रहेको बताउंदै कृतिका रुपमा आइपुग्दा यथेष्ट रुपमा परिमार्जित र अवस्था परिष्कृत रुपमा आएको बताउंदै आगामी लेखनकर्म अझै तीव्रता का साथ बृद्धि हुँदै नेपाली साहित्यको भण्डारमा उल्लेखनीय रुपमा योगदान पुर्याउन सफलता मिलोस् भनि शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले सन्तान जन्मिनु र कृति जन्मिनु उस्तै हो ।आकर्षक कलेवरर साजसज्जामा आएको पुस्तकका बारेमा श्रीओम श्रेष्ठ ‘रोदन’ रोचक घिमिरे जस्ता मूर्धन्य साहित्यकारहरुको भूमिका रहनु कृतिको स्तरीयताको मापन रहेको बताए । उनले केदारका कलात्मक प्रस्तुति र राम्रा कथाहरुले नेपाली साहित्यको भण्डार श्रीबृद्धिका लागि महत्वपूर्ण रहने बताए ।

त्यसैगरी सभापति खेमनाथ दाहालले आफ्नो मन्तव्यका क्रममा कृतिमाथि गहन एवं विस्तृत समीक्षात्मक मन्तव्य व्यक्त गर्दै प्रस्तुत कथाहरू नयाँ शैली प्रयोग भएको र कथाहरूबाट आफू अत्यन्त प्रभावित भएको कुरा व्यक्त गरेका थिए ।  

कृतिकार केदार सङ्केत कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसके पनि भिडियो कलमार्फत लेखकीय मन्तव्य व्यक्त गरेका थिए । उनले लेखकले आफ्ना कुरा सिर्जनाका माध्यमले अभिव्यक्ति गर्ने हुनाले बोलिरहनु नपर्ने बताए । लेखकका लागि पाठकहरुको प्रतिक्रिया नै पुरस्कारका रुपमा रहने बताउँदै यथोचित प्रतिक्रियाका आधारमा आगामी लेखन कर्ममा परिमार्जन गर्दै अघि बढ्ने बाचा गरे ।

सो अवसरमा रचना साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे,साहित्यकार तथा सुनुवार सेवा समाजका उत्तम कातिज लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गणेश थापा, विष्णुबहादुर बस्नेत, उमेश शर्मा, उत्तमकुमार सुनुवार, सानु श्रेष्ठ, सोजुहाङ किराँत, गंगाप्रसाद भेटवाल, जयराम बिडारी, अक्कल कुवँर आदि लेखक साहित्यकारहरुको उल्लेख्य रुपमा उपस्थितभएको उक्त कार्यक्रमलाई मिलाप मासिकका सम्पादक कृष्ण भुसालले आफ्नो मन्तव्यसहित समापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्