‘अमेरिकाको घाम’ काठमाडौंमा सार्वजनिक

काठमाडौं । नियात्राकार छविरमण सिलवालको नविनतम नियात्राकृति ‘अमेरिकाको घाम’ लोकार्पित भएको छ ।बुधबार राजधानीमा उक्त कृति श्रीओम श्रेष्ठ ‘रोदन’, नियात्राकार सिलवाल, सुमन सौरभ, केशव पराजुली, नन्दु उप्रेती, मधु पाठक, प्रदीप सापकोटा लगायतले एक कार्यक्रमका बिच सार्वजनिक गरे ।

नियात्राकार सिलवाल पाठकलाई आफुसँगै अमेरिका, यूरोप र चीनको यात्रा गराउन सक्षम भएको बरिष्ठ साहित्यकार ‘रोदन’ले बताए भने कृति मीठासपूर्ण भएकोले पाठकको माया पाउनेमा भुँडीपुराणका प्रबन्ध निर्देशक केशव पराजुलीले विश्वास व्यक्त गरे ।

समिक्षक राजकुमार बानियाँका अनुसार सरल, सहज र सवेद्य भाषा अनि गाहे- ब -गाहे काव्यलहरीले यात्रा वृतान्तलाई सुन्दर बनाएको छ ।

कुमारी लामाको भनाइमा – ‘जीवनका हर क्षण उत्सवमय बनाउन खप्पिस सिलवाल स्लोभेनियन नजरावेंमा एकाध पटक मात्र सामेल भए तापनि ‘अमेरिकाको घाम’ मार्फत समस्त पाठकहरुलाई रमरमिलो महसुस गराउन भने सफल देखिएका छन् ।’

दशवटा कृतिहरु यसअघि नै प्रकाशित गरिसकेका सिलवालको यो दोस्रो नियात्रा कृति हो, जसमा विभिन्न शिर्षकका १३ थान नियात्राहरु समावेश छन् ।

भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको ‘अमेरिकाको घाम’ को मूल्य २७५ रूपैयाँ तोकिएको छ ।

प्रतिकृया दिनुहोस्