अनेसास केन्टकी च्याप्टरद्वारा ३५ औँ अनेसास दिवस आयोजना
अनेसास केन्टकी च्याप्टरद्वारा ३५ औँ अनेसास दिवस आयोजना
दधिराम खतिवडा, केन्टकी, अमेरिका
अन्तराष्ट्रिय नेपाली साहित्य समाजको ३५ औँ स्थापना दिवस भव्यतापुर्वक सम्पन्न भएको छ । अनेसास केन्टकी च्याप्टरद्वारा आयोजित सभामा वरिष्ठ साहित्यकार तथा संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यता एवम् साहित्यकार डा. नवराज लम्सालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
अनेसाससको तर्फबाट औपचारिक शुभकामना स्वागत मन्तव्य गर्दै वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले अनेसासालाई नेपाल बाहिरको प्रज्ञाप्रतिष्ठान बनाउनुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा अनेसास अध्यक्ष सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, विओटी सभापति पदम विश्वकर्मा, केन्द्रीय सल्लाहकार गोबर्दन पुजा, पुर्वअध्यक्ष पुरू सुवेदी, बाल समिति संयोजक सुरेन उप्रेति, महासचिव राजु सिटौला, केन्द्रिय महिला समिति संयोजक उर्मिला निर्दोषी साहित्यकार शिव दाहाल डा. थोमस बास्तोलाको आतिथ्यता रहेको थियो ।

गजलकार जीवन निरौलाद्वारा सन्चालित कार्यक्रमको रचनावाचन शृङखलाअन्तर्गत दुई दर्जन जति सर्जकहरूले विभिन्न विधाका रचनावाचन गर्नुभयो ।
नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ र बालकुमारी घिमिरे गजलिका द्वारा प्रस्तुत बहर गजल गायन प्रस्तुती कार्यक्रमको प्रमुख आकर्षक रहेको थियो । प्रशान्त उप्रेति, सुजता घिमिरे राउत, बाबु आचार्य, बिमल पंगेनी, गंगा पोखरेल, मनोज दवाडी, शन्त कुँवर, बुद्दमणी ढकाल, विनोद खनाल र प्रेम बसेलले रचनाहरू प्रस्तुत गर्नुभयो ।
अनेसासका पूर्व अध्यक्ष पुरू सुवेदीले प्रवासमा नेपाली नेपाली भाषा पाठशालाको विकास र विस्तार, आजीवन सदस्यता विस्तार गर्दै अनेसासको सन्जाल निर्माण गर्न आब्हान गर्नुभयो । त्यस्तै विओटी सभापति पदम विश्वकर्माले अनेसास दिवसको सारगर्भिक शुभकामना ब्यक्त गर्नुभयो ।
संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासको इतिहासमाथि संक्षिप्त टिप्पणी गर्दै प्रवासमा लेखन कर्मको निरन्तरता, संस्थागत विकास र नेतृत्व हस्तान्तरण उपयुक्तता, साहित्य क्वान्टम युगमा प्रवेस गरिसकेकाले सोही अनुसार कलम चल्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।
कार्यक्रमको औपचारिक विसर्जन गर्दै अनेसास केन्टकी च्याप्टरका अध्यक्ष बद्री दाहालले संस्थागत र काव्यगत विकासको योगदानका लागि हातेमालो गर्न आब्हान गर्नुभयो ।
