जनवरी दस तारीख २०२६, शनिवारका दिन  ५ वेस्ट रोड वो न्यू ह्याम्पसायरमा अनेसास पदाधिकारी एवं स्थानिय साहित्य प्रेमीहरूको एक भेलाले “अनेसास दिवस” लेखिएको केक काटी अनेसास दिवस मनाएको छ।

संस्थाका अध्यक्ष नविन शर्माको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा निवर्तमान महासचिव विमला निरौला र अनेसास पुरस्कार समिती सदस्य सचिव एवं च्याप्टरका प्रधन संपादकले अनेसास दिवस बारे मन्तव्य राख्नु भएको थियो भने कवि/ कवयत्रीहरू विमला निरौला, इश्वरी भट्ट, मोहन निरौला, तुलसी  पराजुली, डा पुष्पमान जोशी,  बि ओ टी सदस्य शारदा माया भट्ट, रामचन्द्र भण्डारी, नविन शर्मा, अनिल संग्रौला लगायतका व्यक्तिहरूका रचनाहरू वाचन गरीएको थियो।

 

प्रधान संपादक इश्वरी भट्टद्वारा चंचालित उक्त कार्यक्रममा आगामी जनवरी २४,२०२६ मा आयोजना गरीने सरस्वती पुजा एवं बाल प्रतिभा प्रतियोगिताको व्यवस्थापन संबन्धमा जानाकारी  गराइएको थीयो।

कार्यक्रममा समाजसेवी एवं सल्लाहकारहरू शिव कुमार राइ, कोषाध्यक्ष कमल महर्जन, शसी अधिकारी, प्रतिभा भट्ट, प्रतिक भट्ट, प्रयूष रायमाझी, मरिया अग्लिबोट, बालीका लुना भट्ट लगायतका व्यक्तिहरूको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्