सम्पादकीय:नेपाली साहित्यको विश्वव्यापी अभियान — कोलोराडोको  आगामी सम्मेलनमा ध्यान केन्द्रित गरौँ

यही ऐतिहासिक विरासतलाई आत्मसाथ गर्दै अब अनेसासको ध्यान आगामी मे २२ देखि २५, २०२६ सम्म अमेरिकाको कोलोराडोमा आयोजना हुन लागेको ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ तर्फ सोझिएको छ।
कोलोराडोमा यो सम्मेलन आयोजना हुन पाउनु विश्वभरका नेपाली भाषीहरूका लागि गौरवको विषय हो। अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले सम्मेलनमा उपस्थितिको लागि अनेसासका सबै च्याप्टर प्रतिनिधि तथा आजीवन सदस्यहरुलाई आह्वान गर्नु भएको छ भने बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले विगतका ८ वटा सम्मेलनहरूको अनुभव र प्रस्तावित आय–व्ययको खाकालाई आधार मानेर आगामी सम्मेलनको आधारशिलालाई प्रभावकारी बनाउन अनेसासका सबै च्याप्टरहरुलाई अनुरोध गर्नु भएको छ। त्यसैगरी कार्यक्रम संयोजक तथा कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले मूल समिति र उपसमितिहरूमार्फत तयारीलाई तीव्रता दिनुभएको छ।
सन् २००९ मा न्यूयोर्कबाट सुरु भएको यो गौरवमय यात्राले जापान, अस्ट्रेलिया, बेलायत हुँदै सन् २०२४ मा पोर्चुगलमा आठौँ विश्व सम्मेलन सम्पन्न गरिसकेको छ। यही गौरवशाली परम्परालाई निरन्तरता दिँदै आगामी अर्थात २०२६ मे २२ देखि २५ तारिखसम्म अमेरिकाको कोलोराडोमा ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना हुन गइरहेको सुखद खबरले संसारभरका नेपाली स्रष्टाहरूमा नयाँ उत्साह थपेको छ।
बोष्टन,पोर्तुगल, एटलान्टा र बेल्जियमलगायत विभिन्न सम्मेलनका घोषणा,कार्यपत्र जस्ता उपलब्धीहरूलाई आत्मसाथ गर्दै कोलोराडो सम्मेलनतर्फ केन्द्रित हुनु आजको आवश्यकता हो। घोषणापत्रमा उल्लेखित बुँदाहरूलाई अक्षरशः पालना गर्दै नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा लाग्नु नै सम्मेलनको वास्तविक सार्थकता हुनेछ। विश्वभरका नेपाली मनहरूलाई जोड्ने यो साहित्यिक महाकुम्भमा हामी सबैको ऐक्यबद्धता अपरिहार्य छ।
यो सम्मेलनलाई ‘भव्य र सभ्य’ बनाउन होटलको अग्रिम बुकिङ र सहभागीहरूको विवरण (नाम र राहदानीको प्रतिलिपि) समयमै पठाउनु सबै च्याप्टरहरूको दायित्व हो। समयमै स्पोन्सरको लागि आबश्यक सामाग्री पठाउन पटक पाठक च्याप्टरको ध्यानाकार्षण गरिएको छ।
नेपाली भाषा, कला र साहित्यलाई विश्व मानचित्रमा स्थापित गर्ने महाअभियानमा ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास) ले एकपछि अर्को सुनौला पाइलाहरू चाल्दै आएको छ। सन् २००९ मा अमेरिकाको न्यूयोर्कबाट ‘प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ को रूपमा सुरु भएको यो गौरवमय यात्राले करिब चार दशकको अन्तरालमा अमेरिका, जापान, अष्ट्रेलिया, र बेलायतका विभिन्न सहरहरू छिचोल्दै सन् २०२४ मा युरोपको पोर्चुगलमा आठौँ संस्करण भव्य रूपमा सम्पन्न गरिसकेको छ।बेल्जियममा सम्पन्न ‘ऐतिहासिक छैटौँ विश्व च्याप्टर सम्मेलन’ ले ११-बुँदे घोषणापत्र जारी गर्दै विश्वभर छरिएका नेपाली स्रष्टाहरूलाई एउटै सूत्रमा बाँध्ने नयाँ संकल्प गरेको छ। प्रवासमा रहेर पनि आफ्नो भाषा, कला र संस्कृति जोगाउन अनेसासले देखाएको यो सक्रियता आफैँमा प्रशंसनीय छ। त्यस्तै ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सम्पन्न ‘छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन’ सम्पन्न गरेको छ।
हालै अमेरिकाको एटलान्टामा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पन्न ‘छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन’ र बेल्जियमको ‘छैटौँ विश्व च्याप्टर सम्मेलन’ ले जारी गरेका ११-बुँदे घोषणापत्रहरूले आगामी यात्राका लागि ठोस मार्गचित्र कोरेका छन्। विशेष गरी डिजिटल ई–लाइब्रेरीको स्थापना, महिला साहित्यकारहरूलाई अन्तर्राष्ट्रिय संघसंस्थासँग जोड्ने पहल, र ‘अनेसास नवरत्न पुरस्कार’ लाई अझ प्रभावकारी बनाउने निर्णयहरूले नेपाली साहित्यलाई आधुनिक र समावेशी बनाउन ठूलो भूमिका खेल्नेछन्। त्यस्तै, आप्रवासी स्रष्टाहरूका सिर्जना प्रकाशन गर्ने, भाषा पाठशाला सञ्चालन गर्ने, र निष्क्रिय च्याप्टरहरूलाई पुनर्जागृत गर्ने संकल्पले संस्थागत सुदृढीकरणमा टेवा पुऱ्याउने निश्चित छ।
प्रवासको व्यस्तताका बावजुद नेपाली पहिचान जोगाउन अहोरात्र खट्ने सम्मेलनका आयोजक, सहभागी स्रष्टा र अभियान्ताहरूप्रति हामी हार्दिक आभार र उच्च सम्मान प्रकट गर्दछौँ। यहाँहरूको सिर्जनात्मक ऊर्जा र सामूहिक प्रतिबद्धता नै अनेसासको वास्तविक शक्ति हो। आउनुहोस्, विगतका आठ वटा सफल सम्मेलनको गौरवलाई थप चम्काउँदै आगामी कोलोराडो सम्मेलनलाई नेपाली साहित्यको एउटा अविष्मरणीय उत्सव बनाउन एकजुट होऔँ।

प्रतिकृया दिनुहोस्