श्रष्टा समाजको स्वागत र सम्मानमा पाल्पामा साहित्यिक कार्यक्रम

तानसेन, पाल्पा । पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान, पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजका केन्द्रीय पदाधिकारीहरूको एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त स्वागत तथा रचना वाचन कार्यक्रममा डेढ दर्जन स्थानीय कवि तथा सर्जकहरुले आआफ्नो रचना सुनाएका थिए । यसैगरी काठमाडौँबाट आएका नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, संरक्षक पवन आलोक, महासचिव प्रकाश घायल, सदस्यहरु मधु पाठक, माधव विडारी, प्रदीप सापकोटा लगातले पनि रचना वाचन गरे ।

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन ‘को प्रमुख आतिथ्य तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुस्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्रष्टाहरुले कृति आदानप्रदान समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्