अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीसंग दर्पणका निवर्तमान प्रधानसम्पादक लालगोपाल सुवेदीले लिएको अन्तर्वार्ता –

यहाँको आफ्नो साहित्यिक यात्राबारे हामीलाई जानकारी दिनुहोस् न ।

                मेरो साहित्यको यात्रा ताकमबाट नै प्रारम्भ भएको हो । म वि.सं.२०२१मा घर ताकमको पाठशालाबाट भागेर काठमाडौं आई रानीपोखरी प्रधान पाठशालामा भर्ना भई पढेर मिनपचासको विदामा ताकम फर्केर म्याग्दी जिल्लास्तरीय साहित्य सम्मेलनको आयोजना गरेको थिएँ ।

त्यो कार्यक्रममा मैले पनि कविता प्रस्तुत गरेको थिएँ । त्यो बेला स्मार्टफोन थिएन । म त्यो बेलामा १७ वर्षको थिएँ । त्यसको लगत्तै सप्ताहको वाचक भएर पुराण पनि सुनाएको थिएँ । कालान्तरमा म नास्तिक बने र द्वन्द्वात्मक भौतिकवादको व्याख्याता बने र समाजलाई भौतिकवादी ऐतिहासिक व्याख्या गर्न थालें ।

यो बीचमा मलाई अन्तर्राष्ट्रिय तत्वको बिल्ला लगाइदिएर मुस्ताङ, बाग्लुङ र पोखराको जेलमा तोरिइसकेको थिएँ । फुत्केपछि पनि नवाहमा मत्स्यपुराणको वाचकी बनेर कथा भन्न विवश बनाइएँ  तर त्यो सम्पत्तिले पुस्तकालय खोल्ने सर्तमा । पुस्तकालय खुल्यो । ती पौराणिक कथा भने पनि म डार्बिनको विकासवादी सिद्धान्तसित जोडेर भन्दथें ।

मेरो यो सामाजिक यथार्थवादी दृष्टिले गर्दा मैले नेपाली साहित्यमा मेरो छापिएको पहिलो रचना वि.सं.२०२५ मा नै अविवेक कथा लेखें र त्यो नेपाली छात्र संघ दिल्लीको ‘हिमाल’ पत्रिमा प्रकाशित भएको हो । त्यो कथापछि ‘तृतीय विश्वयुद्ध’ नामक निबन्ध लेखेको थिएँ । शीतयुद्ध हराएजस्तो लाग्यो । पछि ऐले उक्रेन र रुसको युद्धमा नाटोले खेलेको नाटकीय रोलले तृतीय विश्वयुद्धको आह्वान गरिरहेजस्तो लाग्छ ।

सोभियतको विघटनपछि नाटो पनि विघटन हुनुपर्थ्यो नत्र यो वैचारिक द्वन्द्व हो । एकले अर्कालाई समाप्त नपारेसम्म यो यसैकारण हुने तृतीयविश्वयुद्धको सम्भावनाको मेरो २०२६ को निबन्ध आज पनि सत्य नै सावित हुदैगइरहेको छ । मैले काठमाडौंमा टियुबाट नेपाली साहित्यमा एम्.ए., बि.एड्. गरेपछि जागिर खानुपर्ने बाध्यता भयो । परिवार विघटनको जमाना थियो । परिवारबाट भाइ भाइ छुट्टिनु परेकोले जागिर खान त्यो बेलाको रोयल नेपाल एकेडेमी नेपाल परिचय कोषको आयोजनाको शाखा अधिकृतसरहको तहमा रहेर नेपाल परिचयको क्षेत्रमा काम गरें । त्यो काम पनि मैले यो परियोजनाको लागि म्याग्दी जिल्ला पञ्चायतको निर्णयमा मैले नै म्याग्दी जिल्लाको परिचय लेखेर प्रस्तुत गरेको थिएँ । यद्यपि यो लेखनमा मोहन रेग्मी र लालबहादुर बानिया पनि साथमा थिए ।

जेभए पनि लेखनमा संलग्न रहिरहेकोले यो काम पाएँ । केही दिनमा नै फेरि त्यही नेराप्रप्रको लोकसाहित्य विभागको अधिकृत तहको लोकसाहित्य सहायक पदमा काम गरें र त्यहाँबाट त्यो बेला प्रकाशित भएको नेपाली लोककथा सङ्ग्रहमा मेरो त्यो बेलाको काम छ । अर्को सालमा म जनक शिक्षा सामग्री केन्द्रको भाषा लेखक पदमा काम गर्न गएँ । त्यो बेलामा पाठ्यपुस्तकको सम्पादन गर्नुको साथै व्यक्तिगत रुपमा नेपाली लोककथा र लोक गीत संकलन र लोकवार्ताको नै क्षेत्रमा अध्ययनरत रहँदै मधुपर्क, झन्कार, रुपरेखा आदिमा अनुशीलनात्मक रचना प्रकाशन गर्दै गरेको थिएँ र त्यसै बेला मैले छन्त्याल जनजातिको लोकवार्ताको अध्ययन गरें ।

नेपाली लोक कथा ‘छन्त्यालको छेउछाउबाट’ कृति तयार गरेँ छन्त्याल लोक कथा तयार गरेर नेपाली लोकसाहित्यको परम्परामा छन्त्याल लोक कथाको अध्ययन शोधग्रन्थ तयार गरेको थिएँ । घुमाइफिराई कथाको अध्ययनमा लागिरहेको थिएँ । त्यसैवेला म पाठयक्रम विकास केन्द्र हरिहर भवनमा नेपाल भाषा विज्ञमा सारिएँ । त्यसपछि रेडियो नेपाली भाषा शिक्षण तालीम केन्द्र सानोठिमीको भाषा प्रशिक्षकको पदमा सारिने भएपछि मैले नसर्ने भन्दा अड्डाका हाकिमले भनिन् —त्यहाँबाट तपाईं चाँडै अमेरिका जान पाउनुहुन्छ भनेपछि म गएर काम गर्दै शिक्षा पत्रिकाको सम्पादन पनि गर्दै थिएँ ।

त्यो समयमा काठमाडौंमा ‘धवलागिरि’ नामक त्रैमासिक साहित्यिक पत्रिकाको प्रधानसम्पादक भएर काम गर्दै नेपाली भाषा साहित्यको अध्ययनलाई जनजातीय भाषा साहित्यको सेवामा लगाएँ र तत्सम्बन्ध धेरै लेखन र प्रकाशनका काम पनि व्यक्तिगत रुपमा गर्दै रहेको थिएँ । त्यसै बेला रेडियो शिक्षा शिक्षण तालीम केन्द्रको प्रशिक्षक भएकोले स्क्रिप्टराइटिङ ट्रेनिङ्गका लागि  अमेरिका आएँ ।

नेपालमा २०३६ सालमा भएको जनमतसङ्ग्रहबाट बहुदल हार्यो र सकारात्मक शक्तिको सट्टा नकारात्मक शक्तिको अन्त नभएर उनीहरुकै विजय देखेर म निरास थिएँ । अमेरिका आएपछि सम्झें मार्क्सले भनेका छन्— मौका एकपटक आउँछ, फर्केर आउदैन । पुराना सामन्तहरुका छोराछोरीले यदि विशेष कदम उठाएनन् भने तिनीहरुलाई औद्योगिक क्रान्तिका प्रभावले मजदूरमा परिणत गरिदिन्छ । यो कुराबाट मैले आफू पहिले बच्नसके मात्र शान्तिले बसेर लेख्न सकिन्छ भन्ने सोचें । त्यसैले म यतै बसें र लेख्नथालें ।

पहिले त म वि.सं. २०२६ सालमा जेलमा जाँदाको अनुभूतिलाई कला दिँदै दानाको जेल, बाग्लुङको जेल र पोखराको जेलमा बसेको मेरो अनुभव र अनुभूतिअनुसार सामाजिक दुराचारको विरुद्ध विद्रोह गर्दा पोखराको जेलमा जाने न्याउनी उपन्यास लेखें । यो नेपालका प्रगतिशीन नारीको विद्रोह र युद्धको तयारीको बारेमा छ । यो ती नारी र तिनको आउँदो डलरयुगको दिबारमा कसरी सङ्घर्ष गर्छिन् त्यसको किनारमा आएर त्यो उपन्यासको अन्त भएको छ । त्यसपछि रत्ना लेखें आप्रवास लण्डनमा बसेको नेपाली युवा र उसकी परमप्रिय नेपाली धर्मपत्नी र लण्डनमा भएकी उसकी ग्रिनकार्ड भएकी केटीसाथीको बीच भएको प्रेम, वियोग र द्वन्द्वको कथा र ग्रिनकार्ड लिँदा हुने कठिनाइको कथावस्तुमा रत्ना उपन्यास लेखे । यसमा सचेतना लेखन प्रविधि र अन्य विभिन्न प्रविधिको प्रयोग गरिएको छ । यसैगरी अमेरिका बसेपछि मैले नेपाली कथा र उपन्यासको लेखनमा प्रकाशनमा तल्लीन भएँ दस वर्षसम्म ।

मेरा साहित्य यात्राका ३ चरण छन् । म नेपालबाट आउँदा नै नवचेतना र प्रयोगको बिज लिएर आएको थिएँ । यहाँ आएपछि पनि १९९० सम्म त्यसलाई नै प्रयोग गरेँ । यो इ.१९९० भन्दा पहिलको चरण नवचेतना र  प्रयोगको चरण हो । साहित्यिक यात्राको दोस्रो चरण इ.१९९०देखि २००६सम्म प्रगतिशीलता र परावर्तनको चरण हो ।  यो चरणमा अनेसासको स्थापना गरियो र खुलालेखनतिर लागियो तर योभन्दा अगाडिको प्रथम चरण र  खासगरी उपन्यासमा नारीचेतना र प्रयोग गर्न स्वयंलाई आत्मनिर्वासित स्थानमा राखेर व्यक्तिगत रुपमा एकाकीमा लेखिएको पैयोगशील साहित्य थियो । इ. २००७ देखि यता डायस्पोरा चरणमा लेखिरहेको छु ।

 यी चरणको बारेमा विस्तृत जिज्ञासा भए अन्यथा नलागोस् उत्तर अमेरिकाको नेपाली साहित्यको इतिहास पढ्नुहोस्, भन्छु । यो यात्राको क्रममा नै हाल तपाई लालगोपाल सुवेदीसितको यो अन्तर्वार्तामा उपस्थित छु । यमपुरीको महल उपन्यासलाई समालोचकहरुले नेपाली भाषामा प्रथम डायस्पोरिक उपन्यास मान्ने र नमान्नेले पनि डास्पोरिक साहित्यको अध्ययनको लागि यो उपन्यास उत्तम उदाहरण मानियो र टियुले स्नातक तकको पाठ्यपुस्तकमा राखेएको छ । यो एम्फिल र विद्यावारिधिमा समेत प्रयोग भएको छ । 

सिर्जित र सम्पादित गरी ४४ पुस्तक बजारमा छन् । यिनको फेहरिस्त म यहाँ दिन चाहन्न ।  ऐले मेरी धर्मपत्नी अस्वस्थ भएकोले उनको कुरुवा भैबसेको बेला उनलाई नै जीवनदर्शनको पुस्तक बनाइ पढेर उनकै बारेमा नव्यकाव्य तयार गरिरहेको छु । प्रकाशोन्मुख छ । प्रकाशोन्मुख अरू धेरै किताब छन् तर बेफुर्सदले प्रकाशन गर्न सकिएको छैन ।

यहाँको विचारमा साहित्य के हो ? यहाँले कलम चलाउनु भएका साहित्यका विधाहरुलाई कसरी परिभाषा गर्न मन पराउनुहुन्छ ?

साहित्य भनेको कुँदिएको भाषामा लेखिएको साहित्यकारको मनोभावना हो जुन हृदयको आत्यन्तिक अवस्थामा उद्भूत हुन्छ  र जो स्वभावैले सर्वहिताय हुन्छ ।

                कविता कविको लयात्मक भावोद्गार हो । विभिन्न परिघटनामा लेखिएका कविताको सँगालो कवितासङ्ग्रह हो । जीवनको कुनै पक्षको लयात्मक संकथन खण्डकाव्य हो भने जीवनको व्यापक लयात्मक अध्ययन महाकाव्य हो । कथा जीवनको यौटा सानो अभिज्ञानात्मक गद्य सिर्जना हो । उपन्यास जीवनको अभिज्ञानात्मक वृहद् गद्य सिर्जना हो । समालोचना सिर्जनामाथि द्रष्टाको मापन र मूल्यांकनको सिर्जना हो । प्रबन्ध कुनै वस्तु सत्यमा खेलाएर लेखिएको सिर्जना हो ।

हिजो र आजको सिंगो नेपाली साहित्यलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

हिजो नेपालभित्र खुम्चिएको नेपाली साहित्य आज विश्वभर फैलिएको छ । यो खुसीको कुरा हो । नयाँ यातायात र संचारमा आएको नयाँ विकासले साइबर साहित्यको चमत्कार अझ देख्न शेष छ ।

घरदेश र परदेशको नेपाली साहित्यको गति र गुणस्तरीयतालाई कसरी हेर्नुभएको छ ?

घरदेश र परदेशमा समान्तरमा सिर्जना र प्रकाशन भैरहेका छन् । नेपालमा साहित्यलाई जति टेवा दिने जति सरकारी वा गैह्रसरकारी संस्था छन् त्यति परदेशमा छैनन् तापनि जति छन् त्यतिले गरेको प्रगति पनि उत्साहजनक छ । गुणस्तरको हिसाबले नेपालमा लेखिएको भन्दैमा व्रहमवाक्य हो र प्रवासमा लेखिएको साहित्य अविश्वसनीय हुन्छ भन्ने त्यस्तो ठान्ने घरदेशकाको स्तरहीन सोचाइ छ त्यो गलत हो ।

नेपालमा नेपाली भाषामा केही पुस्तक पाइएलान् ती पनि कतिपय त यही आप्रवासी भएका राष्ट्रका भाषाका कृतिहरु नै हुन् त्यहाँ पढिने पनि यता के मूलप्रतिहरु छैनन् र ऐलेको साहित्यमा पश्चिमा प्रभाव त नेपालमा पनि छँदैछ । त्यसैले घरबाहिर लेखिने साहित्यमा पनि उच्चकोटीको साहित्य विकास भैरहेको छ । त्यसलाई नजरअन्दाज गरिनुहुन्न जसरी गरिन्थ्यो त्यो गलत प्रवृति हो ।

नेपालको चौघेरामा मात्र नेपाली साहित्यको सिर्जना र समालोचना भन्ने पुरानो सोचाइको नेपालका नै समालोचकहरुले खण्डन गरिसकेको अवस्थामा आप्रबासबाट हामीले आप्रबासी  साहित्य पनि उच्चकोटिको सिर्जना भैरहेको छ भनिरहनुपर्दैन । वर्तमान अवस्थामा नेप्रप्र, टियु सबैले डायस्पोरा साहित्यको महत्वलाई बुझेर तदनुसार काम भैरहेको छ । यो नेपाली साहित्यको गुण र स्तरीयताको लागि मात्र हैन विश्वव्यापकताको लागि पनि उल्लेखनीय कुरा हो । ठूलो बनमा केही झारपात हुनु नराम्रो कुरा होइन, हुन्छन् । सिर्जनाको पर्यावरणमा यी सबैको उत्तिकै महत्व छ । तिनैको बीचबाट विराट् वृक्षको विकास हुन्छ । तपाईले वनका झारपात सबैमा आगो लागाउनुभो भने त्यो आगोले पारिजात पनि डढेलोमा नष्ट हुन्छ । यस्तो हुनु सिर्जनाको लागि अभीष्ट होइन । त्यसैले राम्रो नराम्रो जस्तोभए पनि ऐले जेजति घरभित्र र बाहिर भैरहेको छ यो रफ्तार कायम रहिरह्यो भने नेपाली साहित्यले विश्वसाहित्यमा उल्लेखनीय ठाउँ बनाउँछ भन्ने मेरो आँकलन छ । ऐले म यत्ति भन्छु ।

वर्तमान समयमा तपाईं अनेसासबाट केके अपेक्षाहरु राख्नुहुन्छ ?

                ऐले अनेसास केन्द्रीय कार्यालयको लागि बाल्टिमोरमा यौटा सुन्दर कमर्सियल भवन करीब ६ लाखको किन्ने निर्णय गरेको पाएको छु । यसमा ५, १० हजारका दरले सपोर्ट गर्नेहरु अगाडि आइरहेका छन् । यस कार्यका लागि आर्थिक सङ्कलनको कामलाई तीव्रता दिएमा तत्कालीन औचित्य रहन्छ । शेष त च्याप्टर र केन्द्रका बीचमा मिलेर गरिने काममा बढी समन्वय होओस् । यही हो ।

अर्को कुरा अनेसासको सदस्यताको सूची हरएक महिनामा अपडेट गर्ने परम्परा बनाउनुपर्छ र त्यो लिस्टमा सदस्यको नाम थर ठेगाना इमेल फोनसहित सदस्य भएको मिति र बनाउने व्यक्ति, केन्द्र वा च्याप्टर केबाट सदस्य भएको हो त्योसमेत खोलेर यौटा एक्सेलको खाता बनाउनुपर्छ यस्तो पहिले हुन्थ्यो तर इमेलबाट निर्वाचन हुनथालेपछि अरु डाटाको महत्ता घटाएर केवल नाम, इमेल र स्टेट मात्र लेख्न थालियो । यत्तिले पुग्दैन पुरै विवरण लेख्नुपर्छ कैफियतसहित ।   

माथिकै प्रश्नलाई जोड्दै अबको अनेसास कस्तो होस् र यसले कस्ता कस्ता कामना राखोस् भन्ने चाहना राख्नुभएको छ ?

अनेसास नेपाली भाषा साहित्यको लागि डायस्पोरामा यौटा विश्वविद्यालय बनोस् । यसको सदस्य हुनुको अर्थ लेखनमा लागिरहनु हो । त्यस्ता लेख्ने अनेसासका सदस्य वा बाहिरका सबैलाई अनेसासको वृहद् पुरस्कार योजनाले विश्वसनीय र वैधता प्राप्त गरोस् । नेपालमा मुख हेरेर पुरस्कार दिइने परम्पराको विरुद्ध अनेसासद्वारा कृतिको मूल्यांकन गरेर मात्र पुरस्कार दिने परिपाटी सुरु गरिएको थियो । त्यो मूल्याङ्कनको विश्वसनीय र वैध परिधिभित्र खरो उत्रेर पुरस्कार दिएर नेपाली साहित्यकारको सिर्जनालाई प्रोत्साहन गर्न सकोस् । अरु करप्सनबाट अनेसास मुक्त हुनुपर्छ मात्र होइन अरूको लागि नमूना बन्नुपर्छ । यस्तो उत्तम काममा च्याप्टरहरुको केन्द्रलाई ठूलो सहयोगको आवश्यक पर्दछ । त्यसका लागि समय समयमा च्याप्टरहरूको सम्मेलन भइरहोस् भन्ने चाहन्छु ।  

भन्न मन लागेका र भन्न बाँकी कुराहरु छन् कि ?

                ऐलेको अनेसासको भवनको लागि केही रकम जरुरत छ । प्रत्येक च्याप्टर वा च्याप्टरको क्षेत्रमा धनाढ्य नेपाली भाषा साहित्यप्रेमीहरुले थोरै थोरै मात्र सहयोग दिन सके भवन खरिदका लागि सजिलो हुन्छ । यो आँट च्याप्टरमा हुनुपर्छ भन्ने मलाई लाग्छ ।

होमनाथ सुवेदीको व्यक्तिवृत्त

१. नाम : होमनाथ सुवेदी

२. पिताको नामः जि.मु. हरिलाल उपाध्याय सुवेदी

३. माताको नामः तुलसीदेवी सुवेदी

४. जन्म मिति ः अक्टुवर ०५, १९४७,

जन्म स्थानः धौलागिरि गाउँपालिका, ताकम वडा नंबर ७, म्याग्दी, गण्डकी प्रदेश, नेपाल ।

हाल: १९८१ देखि वुडब्रिज, भर्जिनिया ।

५. शिक्षा :  घरमा र घर बाहिर अध्ययनको क्रम चलेको थियो तर वालककलाई टाढा पठाउनु कठीन थियो । त्यसैले ताकममा नै पढाउन थाल्ने स्कुल विद्यालय खोल्नेतिर पिता जि.मु.हरिलाल उपाध्याय सुवेदीको नेतृत्वले वि.सं. २००९ र २०१७ को कदम चालेर ताकममा पढाइलाई अगाडि बढाएको हो ।

१. २००९ साल पौष १ गते ताकम जफदीमा खोलिएको प्राइबेट स्कुलका पण्डित नरनाथ पौडेलले वर्णमाला प्रारम्भ गराए ।

२. दरखोलाको व्रह्मचारीको आश्रममा त्यहाँका प्रधान योगी नारायण जल्दीले सप्तशती पढाए ।

३. तमाने धनबहादुर साहुको घरमा बाग्लुङ्गका हरिकृष्ण सापकोटा (फुन्द्रे पण्डित)को साथ रुद्री आदि पढेको । 

४. २०१३-१४ मा शिवाङ्गको स्कुलमा लक्ष्मीनिधि उपाध्यायले परम्परागत संस्कृत सहित भूगोल शिक्षा दिएका हुन् । वि.सं. २०१३ ई १९५७ को नोभेम्बर १५ मा मा जीवननाथ पौडेल र अमृतादेवी पौडेलकी जेठी छोरी नन्दादेवी पौडेलसित ९ वर्षको सानै उमेरमा विवाह भयो ।

५. वि.सं. २०१५ मा बाग्लुङ्ग रातामाटाका पं.जगन्नाथ पौडेलको घरमा लघुसिद्धान्त कौमुदी, अमरकोष आदिको अध्ययन गराए ।

६. वि.सं. २०१६ मा कुस्मा, पर्वतका खगराज पन्डितसंग संस्कृत व्याकरण अध्ययन गरेको ।

७. वि.सं. २०१६ मा सूर्यदत्त सुवेदीले खोलेको अर्थुंगेको स्कूलमा उनकै घरमा बसेर पढाइरहेका बलेवाका पं. शशिधर शर्मासित अर्थुंगे म्याग्दीमा अध्ययन गरेको ।

८. वि.सं. २०१६÷१७ मा म्याग्दीको बेनी बजारमा २०१० माघमा खोलिएको प्रकाश मा.वि.का नेपाली र संस्कृतका अध्यापक गुरु योगी भाष्करानन्दलाल गिरीसित संस्कृत अध्ययन गरेको । बनारसबाट मध्यमा पास गरेका योगी  पं. भास्करानन्द व्यारणमा खप्पिस थिए उनै योगी भाष्करानन्दले नै शर्मा, ठाकुर, जगदीश, नीलकन्ठ, भवानी शंकर आदिलाई पनि पढाएका थिए ।

९. वि.सं. २०१७÷१८ देखि ताकम पधेरा चउरमा स्थापित संस्कृत पाठशाला, ताकम जफदीमा र त्यसमा राखूका बद्री रिजाल र पुला अर्थुङ्गेका विद्यानन्द ढुङ्गाना जस्ता संस्कृत र नया शिक्षाका ज्ञाताहरूले शिक्षा दिए ।

१०. वि.सं. २०२० चैत्र १२ गते काठमाण्डौं गै रानीपोखरी संस्कृत पाठशालामा भर्ना भएर पढी २०२१ मा प्रथमा उतीर्ण ।

११. वि.सं. २०२२ सालमा रानीपोखरी संस्कृत पाठशालाको पूर्वमध्यमा पढ्दापढ्दै छोडेर मथुरावृन्दावनमा गै व्रह्मचर्याश्रम विद्यालयबाट वाराणसेय संस्कृत विश्वविद्यालयका  व्याकरण पूर्वमध्यमा पास ।

१२. वि.सं.२०२३ मा दिल्लीमा गै विश्वनाथ संस्कृत विद्यालयमा पढेर वाराणसेय संस्कृत विश्वविद्यालयको व्याकरणमा उत्तर मध्यमा तथा अङ्ग्रेजी विशिष्ट पूर्वमध्यमा पास ।

१३. वि.सं. २०२४मा विशिष्ट अङ्ग्रेजी उत्तर मध्यमा पास ।  यसैसाल गोहत्या विरुद्धको आन्दोलनको क्रममा नोभेम्बर ७ देखि २२ सम्म १५ सम्म, २०६८ मा दिल्लीको सेन्ट्रल जेलमा बस्नुपरेको । 

१४. वि.सं. २०२४ ई १९६८मा मध्यप्रदेशको भोपालबाट हायर सेकेन्डरी पास ।

१५. वि.सं २०२५ मा नेपाली छात्रसङ्घ दिल्लीको सङ्गठनमन्त्री भएर त्यो सस्थाको हिमाल पत्रिका प्रकाशनमा योगदान दिएको र प्रथम साहित्यिक कृतिः वि.सं.२०२५ सालमा दिल्लीको नेपाली छात्र संघबाट प्रकाशित हिमाल प्रत्रिकाको वर्ष १ अङ्क १ मा ‘अविवेक’ शीर्षकको कथा प्रकाशन नै पहिलो प्रकाशित सिर्जना हो ।

१६. वि.सं. २०२६ मा वृन्दावनको रङ्गलक्ष्मी महाविद्यालयबाट वाराणसेय संस्कृत विश्वविद्यालयको साहित्य शास्त्री द्वितीय श्रेणीमा उत्तीर्ण । वि.सं. २०२६  नेपाली विद्यार्थी सङ्घ मथुरावृन्दावनको अध्यक्ष भएर ‘नेपालको भविष्यबारे चर्चा’ यौटा राजनैतिक सम्मेलन गराएको । वि.सं. २०२६ मा नै ‘रचना सङ्ग्रह’ नामक पुस्तक सम्पादन र स्वयम् प्रकाशन गरेको । त्यही रचना सङ्ग्रहको पुस्तकमा होमनाथको निवन्धमा प्रथम रचना ’तृतीय विश्वयुद्ध‘ वि.सं. २०२६ मा नै छापियो ।  वि.सं. २०२६ को आषाढ १ गते पञ्चायत विरोधी क्रियाकलाप गरेको आरोपमा मुस्ताङ्गबाट पक्राउ परी दाना, बाग्लुङ्ग र पोखराको कारागारमा बसी श्रावण २८, २०२६ मा जेल मुक्त भएका थिए ।

१७. वि.सं. २०२७ मा त्रिविवि, काठमाडौंमा एम्.ए. नेपालीको अध्ययन गर्दागर्दै धौलागिरि छात्रसङ्घको उपाध्यक्ष भएको ।

१८. वि.स.. २०२८ मा नै संयुक्त परिवारबाट छुट्टिएर अलग भएको । घरको पैसाको अभावमा डिकुरी थापेर त्यसको पैसा बुझी एम्.ए.को अध्ययनलाई निरन्तरता दिएको ।

१९. वि.सं. २०२९ मा एम्.ए. अध्ययन पूरा गरेको । परिणाम आउनु अगाडि नै इब्सनेली पारामा दुई नाटक लेखेको र यो समाज महा काव्य पनि लेखिएको हो त्यसपछि मात्र २०३० सालमा एकेडेमीमा काम सुरु गरेको, २०३१मा  जनक शिक्षा सामग्री केन्द्रमा काम सुरु गरेपछि छन्त्याल संस्कृति अध्यययन सुरु गरेको हो । 

२०. वि.सं. २०३५ मा शिक्षा शास्त्र अध्ययन सस्थान विस्तार केन्द्र, रामशाहपथबाट १ वर्षे डिप्लोमा इन एजुकेसन (बि.एड) मेरिटमा पास गरी दर्शनमा एम्एडको अध्ययन गर्दागर्दै २०३८मा अमेरिका आउदा त्यताको त्यो एम्एड अध्ययन पूर्ण नभएको ।

पूर्वीय तथा पश्चिमी दर्शनको स्वाध्ययन नेपालमा र अमेरिकामा स्क्रिप्ट राइटिङ्ग तालीम गरेको अनि भाषा साहित्य सम्वन्धी कोर्श गरेको र अमेरिकामा रेडियोआक्टिभ मेटेरियल हान्डलिङ्ग ट्रेनिङ्ग गरेको ।

 

६. पेशागत अनुभव :

१. ताकम शिवाङ्गको हेम निमाविको हेडमास्टरमा जागिर खान गाउलेले गरेको आमन्त्रणमा दोमने भै पिता जि.मु.हरिलाल सुवेदीलाई प्रश्न गर्दा आएको उत्तर धत् यस्तो मै अध्यक्ष भएर पैसा खोजखन्तर गरी चलाएको स्कुलको पैसाको जागिर खाएर हुन्छ मजस्ताको छोराले यस्तो सानोतिनो काम गर्नै हुन्न भन्ने कुराले अरु व्यवसाय खोज्दै अमेरिकामा प्रवेश गरेर ताकमको परिप्रेक्षमा ठूलै देश भनिने ठाउँको जागिर खाएर जीवन विताउन प्रेरणा दिने काम गरेको हो । मेरो अमेरिका पिताजीको अपरिमित आकांक्षा र उद्दाम उत्साहको परिणाम हो । मलाई ताकम निमाविको हेडसर हुन दिएको भए सम्भवतः म आज यो अमेरिका जागिर खाएर यतै बस्ने थिइनँ । 

२. जागिर नखाने तर राजनीति गर्न पनि आयश्रोतको लागि यौटा व्यवसाय चाहिने साथै त्यो नेपालको बामपन्थी राजनीतिको शिखरतिरको यात्रामा उत्तरी भेकको लागि चालायमान व्यवसाय उपयुत्त हुने छानी यौटा भोटेलाई म्यानेजर बनाएर नेपाली मोतीलाल आचार्य, लालमणि सुवेदीलाई समेत काममा लगाएर वि.सं. २०२७ सालमा ढुवानी सेवाको लागि घोडाखच्चर चलाएर आफ्नो व्यवसायलाई मुस्ताङ्ग, ताकम, ढोरपाटन र बाग्लुङ्ग, पोखरा हुदै दक्षिणी सीमाना भैरहवासम्म जोडिने प्रयत्न गरेको । तर त्यसबाट आर्थिक लाभ धेरै हुन सकेन । अध्ययनलाई पनि बाधा भएकोले त्यो व्यवसाय बन्द गरी अध्ययनलाई प्राथमिकतामा राखियो ।

३. वि.सं. २०३०÷८÷१० मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादीमा लोक संस्कृति योजनामा काम गर्न राजपत्राङ्कित तृतीय श्रेणी सरहको लोक संस्कृति सहायक पदमा नियुक्त भै आषाढ मसान्त, २०३१ सम्म  आठ महिना काम गरी जनकशिक्षा सामग्री केन्द्रको भााषा लेखकको पदमा सरेको ।

४. वि.सं. २०३१÷४÷९ देखि २०३५ श्रावण ३१ सम्म जनक शिक्षा सामग्री केन्द्रको भाषा लेखक पदमा काम गरेको । वि.स..२०३१ मा नै परिवारलाई ताकमबाट काठमाडौं ल्याएको । म अमेरिका आएपछि उनीहरु केही वर्ष गाउँ ताकममा बसेर इ.१९८६ मा काठमाडौं आएर आफ्नो घरमा २ बर्ष बसी इ १९८९ मा सबै अमेरिका आए ।

५. वि.सं. २०३५÷५÷१ मा शिक्षा मन्त्रालयबाट पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रको कक्षा १ देखि ३ कक्षा सम्मको पाठ्यपुस्तकको लागि सहायक पाठ्यक्रम पाठ्यपुस्तक वरिष्ठ विज्ञमा नियुक्त भै पापा तथा निविकेमा काम थाली वि.सं. २०३६ कार्तिक १८ सम्म १ वर्ष २ महिना काम गरेको ।

६. वि.सं. २०३६ कार्तिक १९ देखि २०३८ भाद्रसम्म रेडियो शिक्षा शिक्षण प्रशिक्षकका काम गर्न रेडियो शिक्षा शिक्षण प्रशिक्षण केन्द्रमा पापा तथा निवि केन्द्र हरिहर भवनबाट काजमा गई डेढवर्ष सानोठिमीमा काम गरेको ।

७. वि.सं. २०३८ भाद्र महिना १५ गते (अगस्त ३०, १९८१) मा स्क्रिप्ट राइटिङ्ग तालीम लिन तीन महिनाको लागि कार्बोन्डेल, इलिन्वाय, अमेरिका गएर तालीम पूरा गरेको । त्यसपछि वाशिङ्गटन डीसीमा आई इ. १९८१ दिसम्बर १० देखि बेस्ट मेडिकल इन्टन्र्यासनलको ल्याबमा काम सुरु गरी हालसम्म अमेरिकामा नै बसेको ।

८. इ. १९८४ मा बरालिएको प्रेम उपन्यास लेखेको तर त्यो पछि नाम फेरेर ‘वेलकम टु अमेरिका’ नामले डिसीनेपालडटकममा पोस्ट गरियो ।

९. इ. १९८५ मा युएसएमा नै यी तीन उपन्यास लेखिए — न्याउली, यमपुरीको महल, रत्ना,

१०. इ. १९८६ मा त्रिमूर्ति, नजर, विणा गरी तीनवटा उपन्यास लेखिए ।

११. इ. १९८६ मा नै काठमाडौ, नयाँबानेश्वरमा घर बनाइयो र आफू अमेरिका बसेपछि इ.१९८१ मा ताकम गाउ फर्केका नन्दासहितको परिवारलाई फर्काएर ल्याई त्यो घरमा राखियो । २ वर्ष त्यो घरमा बसेर उनीहरु सबै इ १९८९मा अमेरिका बुडब्रिजको घरमा ल्याएको ।  जेष्ठपुत्र पुरुषोत्तम सुवेदी इ.१९८८ मा अमेरिका आएको र बुडब्रिजको घर पनि त्यसैसाल किनेको । इ.१९८८ देखि २००१ सम्म २९२७ वेदरबर्न कोर्ट, वुडब्रिज, भर्जिनिया निबास थियो भने २००१ देखि हालको १७२७ हर्नर रोड वुडब्रिजमा सरेको हो ।  १९८१ मा अच्युत श्रेक्ष्ठको भाडाबोे शेयर गरेर घर रोडआइल्याण्ड एभेन्यु, मेरिल्याण्डमा बसेको, १९८२ देखि १९८३ सम्म शर्लिङ्गटन, भर्जिनियामा र एडसल रोडमा, १९८४ देखि १९८७ सम्म फुलर्टन रोड र अलेक्जेन्ड्रियामा अस्थायी रुपमा बसी १९८७  मा आफ्नै घर बुडब्रिजमा किनेर त्यही वुडब्रिज सरेर एलेसम्म त्यही बसोबास छ सम्भवतः यही ठाउबाट अनेसास विकास भयो र परिवारको इतिहास पनि बुडब्रिजमा नै छ । यही पिताजीको स्वर्गे भएको र आफू पनि यो ठाउँ छोडेर अर्को ठाउँ नसर्ने सङ्कल्प रहेको छ ।

१२. इ. १९८७ मा द्यौराली, अन्तर्दाह, अंकुर, तीनवटा उपन्यास लेखेको ।

१३. इ. १९८८ मा डरपोक डाँकू उपन्यास लेखेको (त्यो अझै अप्रकाशित)

१४. इ. १९८८ मा जेष्ठपुत्र पुरुषोत्तमलाई अमेरिका बोलाएको र उनी आएपछि बुडब्रिजमा नै घर किनेको ।

१५. इ. १९८९ मा नै मातापिता श्रीमती नन्दा कान्छो छोरो प्रकाश र छोरी कल्पना अमेरिका ल्याएको ।

१६. पेसागत सम्मान सबै वेस्ट मेडिकल इन्टन्र्यासनलमा मात्र काम गरेकोले सबै त्यहीबाट मात्रै प्राप्त छन् ती हुन् —

क. वेस्ट मेडिकल इन्टन्र्यासनल, भर्जिनियामा दश वर्षदेखि अनवरत सेवाको लागि एप्रिसिएसन प्ल्याक, १९९१्

ख. वेस्ट मेडिकल इन्टन्र्यासनल, भर्जिनियामा इम्प्लोयी अफ द मन्थ मई १९९३,

ग. वेस्ट मेडिकल इन्टन्र्यासनल, भर्जिनियामा इम्प्लोयी अफ द इयर १९९४,

घ. वेस्ट मेडिकल इन्टन्र्यासनल, भर्जिनियामा  पन्ध्र वर्षदेखि अनवरत सेवाको लागि एप्रिसिएसन प्ल्याक, १९८१—१०९६

ङ. वेस्ट मेडिकल इन्टन्र्यासनल, भर्जिनियामा पाँच वर्षदेखि अनवरत सेवाको लागि एप्रिसिएसन प्ल्याक, जनवरी २०००—जनवरी, २००५

च. वेस्ट मेडिकल इन्टन्र्यासनल, भर्जिनियामा दश वर्षदेखि अनवरत सेवाको लागि एप्रिसिएसन प्ल्याक, २०००—२०१०

१७.   काम छोडेको ९ वर्ष भयो । होमनाथ सुबेदीका केही रिटायरमेन्ट तथ्यहरू जान्न चाहनुभयो । १.  मेरो रिटायर्मेंट स्टार्ट भएको डेट हो यो अक्टोबर १, २०१३ । त्यसको पहिलो पे चेक नोभेम्बर १३,२०१३ मा पाएको हो । आज ०५०२२०२० मई २६, २०२२ को दिनमा म ७५ वर्षमा चलेको छु, आउने अक्टोबर ५, २०२२ मा ७५ पुग्छु । ऐले म रिटायर भएको ९ वर्ष भयो ।  २.  बेस्ट मेडिकल इन्टरन्यासनलमा नियुक्ति भै काम गरेको डिसेम्बर १०, २०८१ देखि सेप्टेम्बर २४, १९९७ सम्म हो । त्यसपछि सन् १९९७ मा नेपाल फर्केको हो ।  करिब २ वर्ष ४ महिना नेपालमा गई चारधाम घुनेर यौटा चुवाउमा बहुदलीय समाजवादी पार्टीको टिकेटमा (जित्न त के जितिन्थ्यो) साँसदको उमेद्वार भएर घुमी ताकम बसेर फर्केको हो ।  नेपालबाट फेरि  आएर त्यही पुरानै ल्याबको काममा पुनः नियुक्त भै काम गरेको जनवरी १९,२००० देखि मे १९, २०१४ सम्म हो । रिटायरमेन्ट लिएपछि पनि अनौपचारिक रुपमा काम गरिरहन मिल्ने भन्ने भएकोले मे १९, २०१४सम्म काम गरेको हो ।  रिटायरमेन्ट बेनिफिट लिए पछि पनि १४ महिना काम गरेछु ।  त्यस पछि जागिर खाइन । अमेरिका आएपछि दिसम्बर १०, १९८१ देखि मई १९, २०१४ सम्म करिब ३३ वर्षसम्म भर्जिनियाको बेस्ट मेडिकल इन्टरन्यासनलको ल्याबमा नै काम गरेंछु त्यसबाहेक अर्को काम गरिन । त्यसरी कामको सुनिश्चित व्यवस्था नभएको भए मैले त्यो बेलामा समाजसेवा, साजनीति र भाषा साहित्यको सेवा त्यसरी गर्न सक्ने थिइन । त्यो कम्पनीले मलाई काम मात्र दिएको हैन ती मेरा लेखनसम्बन्धी काल्पनिनक मनोरथ पूरा गर्न पनि सुअवसर प्रदान गरेको हो र करीब २५ वर्ष मैले त्यही यौटै कम्पनीमा काम गरी बिताएँ र त्यहीबाट यी साहित्यका सेवा गरें । म अमेरिका ४२ वर्षको उमेरमा आएको थिएँ । म ऐले ७५ वर्ष भएँ । रिटायर भएको नै ९ वर्ष भयोभने २५ वर्ष मैले यौटै ल्याबमा काम गरेर यी साहित्य र संस्थाको सेवा गरेको छु । 

जागिर खान छोडे पछि नै म र नन्दा युरोपका ५ वटा देश बेल्जियम, फ्रान्स, जर्मनी, लेदल्र्याण्ड र लक्जेम्बर्ग गयौं । यसमा अनेसास बेल्जियम च्याप्टरका विमल, द्विपेन्द्र र पोषकनाथको भूमिका छ । अनेसासको नै सम्मेलन पारेर जापान गयौं । यसमा प्रकाश माइला, आलोक र तिलक मल्लको अविस्मणीय सेवा पाइयो । अष्ट्रेलिया यात्रा ग¥यौं जसमा अनेसासको आयोजना थियो भने त्यो यात्रालाई उत्कर्षमा पुराउने डा.खगेन्द्र लुइटेल र लिला लुइटेलसितको क्यान्भेराको यात्रा थियो । सिडिनीमा मेरा मीतज्यू भरतमणि गुरागाईका छोरा तीर्थ गुरागाई र सविता गुरागाईले घुमाएका गुफा र महाड जस्तै उनीहरु अविस्मरणीय भए । न्युजिल्यान्ड गयौ, अनेसासको च्याप्टर स्थापनालाई पुनर्जीवन दिने प्रयत्न गरियो । मेरी कान्छी फुपूका नाति लोकनाथ पौडेलले र सुमन तथा प्रियङ्गुले १५ दिनसम्म घुमाएर ठूलो भारा लाए । अनि फ्लोरिडा किवेस्ट ह्यामिङ्ग्वेको निबास घुमियो, यसमा द्वीपाले गुन लगाइन् ।  सेन्ट्रल अमेरिकाको नाममा बहामाको यात्रा सकेर वुडब्रिज फर्के पछि मैले अनेसासको इतिहासको काम गर्न थालें ।  त्यो सकेर रकम सङ्कलन र भुक्तानी विमोचन अनि वितरण गरिसके पछि नन्दालाई स्ट्रोक भयो २०१७ को मे ८ को रात । त्यसपछि, अनेसास दर्पणका प्रधान समपादक लालगोपाल सुवेदीले गरेका, आज तपाईका यी प्रश्नको जबाफ दिदासम्म म उनको नै होमथेरापीमा नै व्यस्त छु ।  नन्दाको प्रेम मात्र हैन भक्तिले सेवा गर्दैछु र म त्यसैमा उनैसित एकाकार भएकोले मलाई कामबाट हुने कष्टलाई उनीप्रतिको प्रीति र भक्तिले नगण्य बनाइदिन्छ र म उनीसित एकाकार हुनुमा नै दाम्पत्य जीवनको सार्थकता पाएर आनन्दविभोर भएको छु शुभकामना दिनुस् म नन्दा आमासित यस्तै आनन्दले सयवर्ष बाचिरहुँ । नन्दालाई साथमा लिएर विभिन्न महादेशमा यात्रा गर्दा अरु मित्रहरु बुढौलीको हनिमुन भन्नुहुन्थ्यो ती यात्रा नै बाहिरी यात्राका अन्तिम दिन थिए अब त अन्तरावर्तमा नै प्रेम र भक्तिको यात्रामा आनन्दको अनुभूति गर्नुबाहेक अर्को विकल्प छैन ।

१९. अन्तमा पेशागत अनुभवः लोक साहित्य सहायक, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, कमलादी, नेपाली भाषा लेखक जनक शिक्षा सामग्री केन्द्र, सानो ठिमी, नेपाली पाठ्यक्रम विशेषज्ञ, पाठ्यक्रम तथा पाठ्यपुस्तक विकाश केन्द्र, हरिहर भवन, नेपाली शिक्षा शिक्षण प्रशिक्षक, रेडियो एजुकेशन, सानोठिमीेका नेपालमा र बेस्ट मेडिकल इन्टन्र्याशनल, अमेरिकामा प्राविधिज्ञ रही काम गरेको ।

७. उल्लेखनीय कार्यहरुको विवरण :

१. वि.सं. २०२१ मा ताकमलाई केन्द्र बनाएर म्याग्दी जिल्ला स्तरीय कवि सम्मेलनको आयोजनाको (संयोजक) नेतृत्व गरेर सफल बनाएको । वि.सं. २०२८ मा धौलागिरि छात्र संगठन काठामाडौंका उपाध्यक्ष ।

२. वि.सं. २०२८ को पौष ५ गते ताकममा धान्याचल महायज्ञमा भएको मत्स्यपुराणका वाचक भए र ताकममा धान्याचल भएको स्थानमा धान्याचलको धानले नै  अन्नपूर्ण पुस्तकालयको स्थापना गरेर जिल्ला पञ्चायतको सहयोगमा त्यसैबेला भवन निर्माण र भाषा र साहित्यका पुस्तक संकलनबाट भाषाको श्रीवृद्धिमा योगदान ।

३. वि.सं. २०३६ मा साल ‘‘धवलागिरि जन क्लब’ काठमाडौको स्थापना तथा संस्थापक अध्यक्ष भै स्वयम् संपादक पनि रहेर भाषा र संस्कृतिको श्रीवृद्धिको लागि ‘धवलागिरि’ त्रैमासिक पत्रिकाको २ अङ्क सम्पादन गरेको ।

४. इ. १९९० देखि संयुक्त परिवार भएर सामाजिक काममा बढी संलग्न भएको —एएन्एसको उपाध्यक्ष, अमेरिका नेपाल सोसाइटी अन्तर्गत नेपाली भाषा साहित्य समितिको अध्यक्ष भै ’ ट्वेन्टीफाइभ इयर्स अफ एएन्एस‘ नेपाली भाषाको उत्थानको लागि नेपाली भाषामा यो वृत्तचित्रको निर्माण गरेको । अनेसासको आधारशीला तयार गर्न थालेको ।

५. इ. १९९२ मा ए.एन्.एस्. वाशिङ्गटन डि.सी. को उपाध्यक्ष भएर नेपाली भाषा र साहित्यको प्रवासमा विस्तार गर्ने उद्देश्यले ‘नेपाली भाषा समिति’को अध्यक्ष भै समाजसेवीहरुको इतिहास निर्माणबाट सकारात्मक भावना विकाश तथा अमेरिकामा नेपाली भाषामा लेख्ने लेखाउने र भिडियोहरु बनाउनतिर अग्रज भूमिका खेलेको जसको धेय अमेरिकामा नेपाली भाषाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान होओस् भन्ने नै हो ।

६. ए.एन्.ए.   को  ई.१९९४को डि.सी. संमेलनको उपाध्यक्ष भै नेपाली संस्थाहरुको बीच  सशक्त धारणालाई अग्रसर गरी नेपाली लिटरेरी आइल्यान्डको संचालन गरेर ए.एन्.ए.को कन्भेन्शनमा सधै पोइट्री फेस्टिवल गराउने परंपरा बसाली सातसमुद्रपार नेपाली भाषाको श्रीवृद्धिको लागि महनीय काम गरेको ।

७. इ. १९९५-९७ मा एएन्एको प्रधान सम्पादकमा निर्वाचित कार्यकारी भएर अखिल नेपाली अमेरिकी संगठन युएस्एको मुखपत्रको संपादन गरेको र त्यसमा नेपाली भाषा र साहित्यसाई विशेष पृष्ठ दिने काम प्रारंभ गरेको ।

८. ए.एन्.एस्. वाशिङ्गटन डि.सी. को मुखपत्रमा इ. १९९२ देखि नेपाली भाषा र साहित्यलाई सधै विशेष पृष्ठ छुट्याउने परंपरा बसालेको ।

९.  सुरुदेखि नै एक नेपाली साहित्य संमेलनको आयोजना हुनुपर्छ भन्ने यो परंपरालाई कायम राख्न लगाएको । यो संस्था संस्थाहरुको संस्था हुनुपर्छ भन्ने धारणालाई स्थापित गर्नुको साथै यो संस्थाको स्थापनाको लागि प्रथम विधानमा हस्ताक्षरकर्तामध्ये एक । जुन संस्थालाई ऐले एन्आर्एन् युएस्एमा परिणत गरिएको हो । यसै संस्थाको सेकेन्ड नेशनल कन्भेन्सन, मेरिल्यान्ड युनिभर्सिटीमा मई २५—२६, १९९६ मा”International Nepali  Literary Seminar on Language and Literature of Nepalese in North America” सम्मेलनको सफलतामूर्वक संयोजन गरेको ।

१०. सन् १९९७ अनेसास     International Nepali Literary Society  को संस्थापक अध्यक्ष रही यसका सबै तह र पक्षमा काम गरिसकेकोमा सम्मानित ।

११. बुधबार, १४ जुलाइ १९९३ को दिन प्रकाशित इन्साइट् वर्ष १, अङ्क १ अनेसासको अन्तर्दृष्टिको मूल प्रकाशन प्रारम्भ र ‘अन्तर्दृष्टि’ साहित्यिक त्रैमासिक पत्रिकाको प्रधान संपादक रही ‘अन्तदृष्टि’ पत्रिकाको संरक्षक र सलाहकार पनि रहेको ।

                १२. २०३६—३८ ‘धवलागिरि’ साहित्यिक त्रैमासिकको सम्पादक ।

                १३. २०३६—३८,  नेपाली भाषामा ‘शिक्षा’ मुखपत्रको संपादक ।

१४. प्रथम साहित्यिक कृति कथा हो । वि.सं.२०२५ सालमा दिल्लीको नेपाली छात्र संघबाट प्रकाशित हिमाल प्रत्रिकाको वर्ष १ अङ्क १ मा ‘अविवेक’ शीर्षकको कथा प्रकाशन नै पहिलो प्रकाशित सिर्जना हो । निबन्धमा प्रथम प्रकाशित सिर्जना हो —तृतीय विश्वयुद्ध शीर्षक, जुन् २०२६ मा ‘रचना सङ्ग्रह’ पुस्तकमा संकलित भएको हो ।

१५. हिमाल, माधुर्य, झङ्कार, रुपरेखा, मधुपर्क, धौलागिरि, रेडियो शिक्षा शिक्षक तालिम परियोजना बुलेटिन, अखिल अमेरिकी नेपाली संगठनको (ANa)को न्युज लेटर, अमेरिका नेपाल सोसाइटीको न्युज लेटर, दियालो, अन्तर्दृष्टि आदि पत्रिकाहरु र ईपत्रिकाहरुमा Nepalipost.com. Paradesh.com, Nepaljapan.com, Suskera.com, freenepal.com, poetry.com, dcnepal.com ,  http;|/tokyonepal.com आदि पत्रपत्रिकाहरुमा फुटकर रचनाहरु प्रकाशित हुदै आएका छन् ।

१६. काम गरेका अन्य संस्थामा ह्युमेन राइट्स कमिटी युएस्ए, नेपलिज् कम्युनिटी नेट वर्क, क्यानडा आदि छन् ।

१७. संस्थापक अध्यक्ष तथा अध्यक्ष अनेसास केन्द्र—१९९१ देखि १९९६ सम्म

१८. अध्यक्ष, बिओटी, अनेसास केन्द्र —इ.१९९१ देखि २०१३ सम्म

१९. अध्यक्ष, अनेसास पुरस्कार समिति, केन्द्र — इ.१९९६ देखि २००६ सम्म

२०. संरक्षक अनेसास वाशिङ्गटन डीसी, म्याग्दी साहित्य समिति, अनेसास डिसी मेट्रो हालसम्म ।

८. निम्न लिखित पुस्तकहरुको लेखन र प्रकाशन

प्रकाशित कृतिहरूः

उपन्यास–१०  

न्याउली –वि.सं.२०४३, नजर– वि.सं.२०४४, त्रिमूर्ति– वि.सं.२०४४, वीणा– वि.सं.२०४५, रत्ना– वि.सं.२०४३, द्यौराली– वि.सं.२०५१, अङ्कुर– वि.सं.२०५३, यमपुरीको महल (वि.सं.२०६४), डिसीनेपालडटकममा पोस्टेड २ वटा उपन्यास —अन्तर्दाह र वेलकम टु अमेरिका । जम्मा १० वटा उपन्यास ।

कविता सङ्ग्रह— ५

प्रवासी स्वर– वि.सं. २०५४, आप्रवासका सुसेली (वि.सं. २०६३), डायस्पोराका डोरा (२०११), प्रेम दिवस (वि.सं.२०६८), भूकम्प (२०७२÷२०१५) ।

मुक्तक र गजल सङ्ग्रह —३

सेतो गाजल (वि.सं. २०६४), कालो गाजल (२०६९÷२०१२) मुक्तक र मुक्ति (२०६९-२०१२)

खण्डकाव्य—२

छयासीको छवि—२०६४, ग्र्रहग्रस्त दिवाकर–(२०६५),

महाकाव्य–२

डायास्पोराको पेन (२००९), यो समाज ! महाकाव्य नेपालीपोस्टडटकम र डीसीनेपालडटकममा पोस्टिङ्ग भैसकेका छन् ।

लोक साहित्य –३

नेपाली लोक कथा– (छन्त्यालको छेउछाउबाट) वि.सं२०५२,  छन्त्याल लोक कथा–सङ्कलन (वि.सं.२०६६), नेपाली लोककथाको परम्परामा छन्त्याल लोककथाको अध्ययन (इ. २०१३) अनुसन्धान

पत्र साहित्य –२ आप्रवासीका पत्र(२०६६), सानो नेपाल डायस्पोरामा (इ.२०११),

कथाः ३

चिरिएको मुटु– कथा सङ्ग्रह २००७, ,डायस्पोराको मान्छे –इ.२०११),सपना (स्वप्न कथा) (इ. २०१२) 

समालोचना र इतिहास — ५

नवछायावादको छवि—२००८, समुद्रपारका समालोचना (समालोचना सङ्ग्रह) २००९, गंगाको समीक्षा (२०६९-२०१२), डायस्पोराबाट नेपालका समालोचना (२०७०-२०१३), उत्तर अमेरिकाको नेपाली साहित्यको इतिहास ( वैशाख १८, २०७५-मई १, २०१८)

सम्पादन— ४

गङ्गाका गजल (२०६७), सखी वियोग–गङ्गा लिगल(२०६७), मृदुलका गजल(२०६६), गौतमका गजल(२०६६) ।

समूह लेखन तथा सम्पादन—९

‘ताकम दर्पण’ सहलेखन (वि.सं. २०५५), अनेसास पुरस्कृत कृति परिचय २००५ (समीक्षा सङ्ग्रह)—(वि.सं.२०६६), अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन –समीक्षा सङ्ग्रह (इ.२०१२), अनेक डायस्पोराका कविता (कविता सङ्ग्रह(इ.२०१२), अनेक डायस्पोरामा देवकोटा (समीक्षा सङ्ग्रह (इ.२०१२), वाङ्मय –इ.२०११), अनेक डायस्पोराको साहित्य (इ. २०१४),  अनेसासको इतिहास २०७३÷२०१६, जि.मु.हरिलाल बन्धुवृत्तमा (२०७३÷२०१७) ।

 पुरस्कार, अभिनन्दन र सम्मानः ९ पुरस्कार, ३० संस्थाबाट अभिनन्दित र सम्मानित ।

९.  पुरस्कार स्थापनाबाट भाषा र साहित्यको  श्रीवृद्धिमा सेवाको कामः

१. अनेसासबाट अन्तर्राष्ट्रिय नेपाली कविताप्रतियोगिताका प्रथम, द्वितीय र  तृतीयलाई मात्र पुरस्कार । शर्मामुडभरी पोइट्री ग्रामको व्यवस्था मिलाएको ।

२. विविन्न संस्थाको सहयोगमा अनेसासबाट नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको स्थापनामा अरु संस्थापक र दातृव्यक्ति वा संस्थासित मिलेर काम गरेको ।

३.  विश्वव्यापी नेपाली शिक्षा कार्यक्रमलाई हरएक क्षेत्रबाट माथि बढाउन सहयोग गरेको जस्तो नेपाली भाषा तथा संस्कृति विद्यालयहरुको पाठ्यक्रमको निमार्णमा सहयोग ।

४.  नेपाली भाषाकै श्रीवृद्धिकका लागि अनेसासको वाशिङ्गटन डी.सी.बाट विश्वनेट वर्कमा ऐलेसम्म ७६भन्दा बढी केन्द्र खुलाउन सक्दो प्रयास र सहयोग गरेको, संस्थागत विकासमा यो महत्वपूर्ण कुरा हो ।

५. डायास्पोरिक लेखन तथा संगठन एकैसाथ गर्दै ेनेपाली भाषाको श्रीवृद्धिमा डायास्पोरामा अरु धेरैसित मिलेर काम गरिरहेको ।

६. रुपरेखा, मधुपर्क, झङ्कार, माधुर्य, श्रीसूर्य, मालिका, अन्तर्दृष्टि, दियालो, समुद्रपारि, एएन्ए न्युजलेटर, एएन्एस् न्युजलेटर, र इ–पत्रिकामध्ये परदेशडटकम, नेपालीपोष्टडटकम, सुस्केराडटकम, चौतारीडटकम, डिसीनेपालडटकम आदिमा फुटकर रचनाहरु यी विभिन्न पत्रपत्रिकामा प्रकाशित हुदै आएका छन् ।

१०. होमनाथ सुवेदीले प्राप्त गरेका सम्मान, पुरस्कार र विभूषण आदिः

१. “अङ्कुर” वि.सं.२०५३, उपन्यासका लागि रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार फागुन ७, २०५४ प्राप्त

२. नेपाली भाषा साहित्यमा योगदानका लागि बि.सं २०६२ को ‘सूर्यनारायण श्रेष्ठ पुरस्कार’ प्राप्त  

३. रत्न श्रेष्ठ पुरस्कार गुठीद्वारा बाग्लुङ्ग बजारमा २०५५मा स्वागत सम्मान ।

४. इ. १९९७ मा धवलागिरि जनक्लब, सनातनधर्मसेवा समिति, अन्नपूर्ण पुस्तकालय र आमा समूहद्वारा संयुक्त रुपमा वि.सं. २०५४ मा ताकम, म्याग्दीमा  अभिनन्दन ।

५.Association of Nepalese in the America को बोस्टनको संमेलन जुलाई २, १९९७ मा ‘एएन्ए जर्नल’ प्रत्रिका प्रकाशन र नेपाली भाषाको विकाशको क्षेत्रमा महत्वपूर्ण योगदानका लागि कदर स्वरुप ताम्रपत्रबाट पुरस्कृत ।

६. अगस्त १७, २००३ मा ‘द इन्टन्र्याशनल सोसाइटी अफ पोयटस्’  (ISP) ले वाशिङ्गटन डि.सी.मा”Poet of the Merit Award Medal” / “Outstanding Achievement in Poetry lIver Award Cup” बाट पुरस्कृत ।

७. अखिल नेपाली अमेरिकी संगठन (एएन्ए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एरिजोना नभाडा शाखाद्वारा अखिल नेपाली अमेरिकी संगठन (एएनए) को सम्मेलन क्षेत्र फिनिक्स अरिजोनामा जुलाई २, २००४ का दिन नेपाल बाहिर रही गर्दै आएको नेपाली भाषा र साहित्यको सेवाको कदरका साथै चौध वर्ष अगाडि अनेसास जस्तो अन्तर्राष्ट्रिय स्तरको संस्था स्थापना गर्न र नेपाली भाषा साहित्यलाई विश्वमा चिनाउन अग्रगामी भूमिका खेलेको संमानमा एक ताम्रपत्र (प्ल्याक)मा अंकित ”नेपाल बाहिरका नेपाली साहित्यका अग्रज” (“Pioneer of Nepali  Literature in the Nepali  Diaspora”) को उपाधि प्राप्त ।

८. इ. १९९२ देखि १९९४ सम्म अमेरिका नेपाल सोसाइटी, अमेरिकाको द्वितीय अध्यक्ष भै गरेको योगदानको लागि अक्टुबर ६, २००५ मा कदरबाट सम्मानित ।  

९. ”आप्रवासका सुसेली’ कविता सङ्ग्रहको लागि २००७को ‘रोहिणी शर्मा धवलागिरि उत्कृष्ठ पुस्तक पुरस्कार’ प्राप्त ।

१०. २००७ को एन्आर्एन् कन्फेरेन्स काठमाडौंमा ‘डायास्पोरा नृपध्वज कार्की नेपाली साहित्य प्रथम पुरस्कार २००७’ प्राप्त गरेको ।

११. अगस्त २, २००९ को दिन काठमाण्डूमा ‘अस्वीकृत विचार साहित्य गुठी’द्वारा ‘अस्वीकृत विचार साहित्य सम्मान–०९’ले संमानित ।

१२. देवकोटा जन्म शताब्दी सम्मान २०६६ प्राप्त (१० मार्च, २०१०)

१३. म्याग्दी बेनीको क्याम्पस लगायत ७ वटा संस्थाबाट संयुक्त रुपमा अभिनन्दित । वि.सं. २०६६ मा बेनी, म्याग्दीमा यी तलका संस्थाहरु मिलेर गरिएको अभिनन्दन

म्याग्दी साहित्य समाज

मधुसूदन साहित्य प्रतिष्ठान

पौलस्त्य साहित्य समाज

बेनी वाङ्मय युवा परिवार

म्याग्दी बहुमुखी क्याम्पस

म्याग्दी सामुदायिक पुस्तकालय

१४. २०६६ चैत्र ३ मा नेपाल च्याप्टर तथा शिवपुुरी सन्देशको संयुक्त आयोजनामा काठमाडौं रिचमण्डक्याफेमा गरिएको सम्मान ।

१५. “Shining literary Qmar in Nepalease Diaspora”  पदबाट n\. & j\. Inc. USa\द्वारा  सेप्टेम्बर १३, २००९ को दिन न्युयोर्कमा सम्मानित , 

१६.  १०२ देवकोटा जयन्ती  तथा उत्कृष्ट पुरस्कार समितिद्वारा ‘डायस्पोरा नेपाली भाषा साहित्य सम्मान’ पदसहित सम्मान अक्टुबर ३०, २०११

१७. अमेरिकाका १४ वटा संस्थाबाट अभिनन्दन

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको आयोजना र तल उल्लेखित १४ वटा संस्थाको सहआयोजनामा अगस्त २७, २०११ को दिन मनासस, भर्जिनियामा तीज महोत्सव—२०११ अमेरिकाको तर्फबाट अभिनन्दन गरिएको ।

नेपाल एजुकेसन एन्ड कल्चरल सेन्टर,

पशुपति बुद्ध मन्दिर,

डिसी नेपाली समाज

बाल्टिमोर अमेरिकन नेपाली समाज (बाना)

अमेरिकन नेपाली महिला सङ्घ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,, डीसी

हेम सरिता पाठक प्रतिष्ठान, टेक्सस

अमेरिका नेपाल चौतारी

नेपाली अमेरिकन सोसाइटी अफ अप्रेस्ट कम्युनिटी (नासो)

थकाली समाज अमेरिका

नेपलिज् अमेरिकन् हेल्पिङ्ग हान्डस्

इन्टन्र्याशनल मेडिया हाउस

ह्युमेन राइटस अर्गनाइजेसन अफ नेपललिज्  अफ अमेरिका 

१८.  २०१४ मा अनेसास बिओटीले गरेको सम्मानपत्र,

१९.  अमेरिकाको वाशिङ्गटन डीसीमा अनेसास केन्द्रले जुलाई ११, २०१५ मा गरेको सम्मानपत्र,

२०. प्रशस्तिपत्र— भानुद्विशतवार्षिकीको निमित्त ‘भानु स्वर्ण पदक’ २०७१÷२०१४ । नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिबाट २०७१ साल असार २९ को दिन प्रदान गरिएको ।

२१.. नेपाली डायस्पोरा साहित्य शिरोमणि पद प्रदान सहित अभिनन्दित अनेसास डिसी मेट्रो च्याप्टर २०१५

२२. युरोप महादेश स्तरको अनेसास सम्मेलन, लुभेन, बेल्जियम २०७२ श्रावण ३१—३२, अगस्त १६—१७, २०१५ मा प्रदान गरिएको सम्मान २०१५ ।

२३. अनेसास रजतजयन्तीको अवसर २०१६ जुलाई ५ को दिन मनासस भर्जिनियामा अनेसासकेन्द्रबाट अनेसासको संस्थापक अध्यक्ष रही नेपाली भाषा साहित्यलाई विश्वमा फैलाउन गरेको योगदानको लागि अभिनन्दन  ।

२४.  नेपाली साहित्यको संस्थागत विकास र विश्वव्यापीकरणमा पुराएको योगदानको लागि ‘अनेसास राम लामा अविनाशी सर्वोत्तकृष्ट पुरस्कार तथा सम्मान’बाट सम्मानित, सेप्टेम्बर ९, २०१७ ।

२५.  डायस्पोरामा ३० वर्षदेखिको अनवरत नेपाली साहित्यमा गरेको योगदानको लागि गैह्रआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा उपसमितिको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन, २०१९ मा ताम्रपत्र सहितको सम्मान प्रदान गरिएको ।

२६ होमनाथ सुवेदी काठमाडौंमा अभिनन्दन

अनेसास नेपाल च्याप्टर र अन्य विभिन्न संस्थाको आयोजनामा मेडिया इन्टर्नेशनल, अनामनगरमा नेपालमा चैत्र ३, २०६८, मार्च १५, २०१२ मा होमनाथ सुवेदीलाई गरेका अभिनन्दन र सम्मानहरूमध्ये केही यी थिए —

१. नेपाल च्याप्टर अभिनन्दन,  चैत्र ३, २०६८

२. वसुन्धरामान प्रज्ञाप्रतिष्ठान अभिनन्दन, चैत्र ३, २०६८

३. उन्नति बोहराको प्रतिष्ठानबाट अभिनन्दन, चैत्र ३, २०६८

४. बनिता साहित्यिक पत्रिकाबाट अभिनन्दन, चैत्र ३, २०६८

५. रामकृण सिर्जना प्रतिष्ठानबाट अभिनन्दन, चैत्र ३, २०६८

६. ज्योति साहित्य सम्मान, चैत्र ३, २०६८

७. बासुशशी स्मृतिपरिषद सम्मान, चैत्र ३, २०६८

८. रमा—कृष्ण  सृजना प्रतिष्ठान, चैत्र ३, २०६८

२७.  अमेरिकाको सबभन्दा पुरानो र ठूलो संस्था अखिल नेपाल अमेरिकी संगठन (एएन्ए)ले हालै अमेरिकाको स्वाधीनता दिवस (जुलाई ४, २०२०) को दिन  होमनाथ सुवेदीलाई ‘एएन्ए सामाजिक हिरो’ को पदवीले सम्मानको घोषणा गरेको छ ।

अमेरिकाका १६ वटा संस्थाबाट, काठमाडौंका आठवटा संस्थाबाट,  म्याग्दीबाट सातवटा संस्थाबाट अभिनन्दित र अन्य संस्थाहरूबाट सम्मानित । ३१ वटा संस्थाबाट अभिनन्दित र अन्य विभिन्न सँस्थाबाट सम्मानित ।

११. होमनाथ सुवेदीबारे शोधः

होमनाथ सुवेदीको बारेमा धेरै अनुसन्धान पत्र र पुस्तकहरू प्रकाशित भएका छन् । तीमध्ये केही यस प्रकार छन् —

१. स्रष्ठा होम द्रष्ठा अनेक –आप्रवासीयतावादी समालोचना) —(सम्पा.)प्रा. राजेन्द्र सुवेदी, ((२०७२-२०१६) पाठ्यसामग्री प्रकाशन, काठमाडौं ।

२. दृष्टि–कोण (साहित्यकार श्री होमनाथ सुवेदीका नेपाली अन्तर्वार्ताहरू) सम्पादक —पुरुषोत्तम सुवेदी (२०७१-२०१४) अनेसास, केन्द्र

३. आख्यानकार होमनाथ सुवेदी—(आख्यान समालोचना) डा.विष्णुप्रसाद पौडेल (२०६९÷२०१२) अनेसास, केन्द्र

४. डायस्पोरिक उपन्यासकारः होमनाथ सुवेदी — प्रमोद पंज्ञानी पोखरा, (२०६९-२०१३)

५. “होमनाथ सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन”

शोधार्थी, बालकृष्ण शर्माबाट शोधशीर्षक “होमनाथ सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन”, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय नेपाली केन्द्रीय विभागअन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षको छैठौं पत्रको शोधप्रयोजनको लागि, शैक्षिक सत्र २०५३÷५३ मा शोधपत्र  प्रस्तुत छ । प्रस्तुत शोधपत्रको निचोडमा ‘सुवेदी पूर्वीय एवम् पाश्चात्य मूल्य र मान्यताको राम्रो ज्ञान भएको साहित्यकार हुन् । उनी राष्ट्रियभावनाले ओतप्रोत मानवीय मनोजगत्को यथार्थ चित्र उतार्न सफल उपन्यास सिर्जना गर्ने चिन्तनशील उपन्यासकार पनि हुन् । स्वदेशी र विदेशी भूमिबाट समेत नेपाली साहित्य र समाजको विकासमा मरिमेट्ने साहित्यकारका रूपमा उनलाई नेपाली साहित्य संसारले पछिसम्म याद गरिरहने छ’ भनिएको छ ।

६. ‘होमनाथ सुवेदीको उपन्यासकारिता’को अध्ययन

शोधार्थी, गोरखनाथ सुवेदीबाट शोधशीर्षक “होमनाथ सुवेदीको उपन्यासकारिता”, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय नेपाली केन्द्रीय विभागअन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षको दशौं पत्रको शोधप्रयोजनको लागि, शैक्षिक सत्र २०६२÷६३ मा शोधपत्र  प्रस्तुत छ । प्रस्तुत शोधपत्रको निचोडमा ‘समकालीन नवचिन्तनमा मौलिक विचारको समन्वय गरेर उपन्यास सिर्जना गर्दै नेपाली भाषाबाट विश्वमानवको विचार प्रस्तुत गर्न सक्ने होमनाथ सुवेदी शक्तिशाली उपन्यासकार हुन्’ भनिएको छ ।

७. होमनाथ सुवेदीका उपन्यासहरूमा नारीवादी चिन्तन –त्रिवि स्नातकोत्तर, शोधपत्र, २०६७ –शोधार्थी– शारदा शर्मा

८. यमपुरीको महल उपन्यासको सीमान्तीयता र आप्रवासीयताको अध्ययन–शोध– २०७२ दर्शनाचार्य तह– शारदा शर्मा

९. नेपाली उपन्यासमा चेतना प्रवाह पद्धति, त्रिभुवन विश्व विद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डिनको कार्यालय, कीर्तिपुरमा नेपाली विषयको विद्या वारिधि उपाधिका निम्ति प्रस्तुत शोध प्रबन्ध २०६९ मा शोधकर्ता डा. नेत्रमणि सुवेदीले अध्ययनका लागि लिएका पुख्य चार पुस्तकमध्ये यौटा हो— होमनाथ सुवेदीको यमपुरीको महल उपन्यास २०६९ ।

महेश सुवेदीले अमेरिकी–नेपाली डायस्पोरिक उपन्यास (समालोचना) प्रकाशित गरेका छन् । त्यसमा पनि होमनाथ सुवेदीको औपन्यासिक प्रवृतिबारे विवृत्ति दिएका छन् । त्यस्तै यी अध्येताका कृति पठनीय छन् — सोमनाथ घिमिरे, डा. नेत्र एटम, बालकृष्ण शर्मा, दुर्गा, गोर्खनाथ सुवेदी र शारदा पौडेल आदि ।

जि.मु.हरिलाल सुवेदीको ताकम, कैथलिया, काठमाडौ र अमेरिकाको भूमिमा फैलाएको व्यवहारलाई उनका जेठा छोरा होमनाथ सुवेदीले भाइ ऋषिनाथ सुवेदी र बहिनी लक्ष्मी सुवेदी आचार्यको साथमा व्यवस्थित गर्दै भाषा साहित्यको सेवालाई निरन्तरता दिएका छन् ।

१२. स्वदेश तथा विदेश भ्रमणः

बेलायत, बेल्जियम, नेदरल्याण्ड, लक्जेम्बर्ग, जर्मनी, फ्रान्स, बहराइन, कतार, जापान, अमेरिकाका विभिन्न राज्यहरुको यात्रा । नेपालका करिब सबै अञ्चलहरु र विदेशमा भारतका कलकत्ता गंगासागर, मद्रास रामेश्वरम्, कन्याकुमारी, द्वारका, कुरुक्षेत्र, आगरा, दिल्ली, प्रयाग, बनारस तथा उत्तराखन्डका ४ धाममा गंगोत्तरी, जमुनोत्तरी, केदारनाथ र बद्री नारायणको यात्रा ।

. संपर्कः

1727 Horner Road,  Woodbridge, Va\ 22191

                Phone: 703-864-4461

                Emali: [email protected]

प्रतिकृया दिनुहोस्