(कविता)   लक्ष्मीप्रसाद देवकोटा    प्रा. धर्मराज कोइराला

(कविता)

लक्ष्मीप्रसाद देवकोटा 

प्रा. धर्मराज कोइराला

 

आकाश ओढ़ी सितारा गन्छौ टल्किने जुहार
धर्तिका रंग मिलाई उड्ने कल्पना अपार॥१॥
तिम्रो व्रह्माण्ड घुम्ने कल्पना अपार ॥॥

सागर भन्दा विशाल छाती प्रकृति पुजारी
रोग र शोक संहेर बाँचे दिन दुःख गुज़ारी॥२॥
जहान सुख संपत्ति छैन बेथा मै गुज़ारी॥॥

पीडामा बगे आँसुका दाना गीत र कथामा
ईश्वर सत्ता भेटेनन् आफ्नो सर्जक माथामा ॥३॥
अन्तिम वाणी नआएसम्म यों तिम्रो माथमा॥॥

लालित्य भित्र कल्पना चित्र वर्षाको बाढ़ी झै
उर्लिन्छ बन्दै शागर छाल शुन्दर छायाँ भै ॥४॥
चलचित्र जस्तै सुन्दर छायाँ भै॥॥

शोन्दर्य खोजें ईश्वर भेटे मानव कर्ममा
श्रृष्टिको फूल फुलाइराखे स्वकीय धर्ममा॥५॥
सधैँ लेखन कर्ममा॥

लक्ष्मीको वास अनित्य ठाने साश्वत शारदा
दु:खमा बाँडे अपार मायाँ बाँच्नेछ सर्वदा ॥६॥
वेदनाभित्र रचेका कृति बाँच्नेछन् सर्वदा॥

बादल माथि हिमाल भित्र पाखा र छाँगामा
फक्रेकै देख्छु वावरी फूल सुकेको हाँगामा॥७॥
श्रद्धाका फूल हे महाकवि! घुम्दछौ आँखामा॥

दर्शनभित्र पिरती घोली काव्यको सन्धान
गीत र कथा ,कविता, बग्ने अमृत मुहान॥८॥
सरोवरभन्दा विशाल हो कि अमृत मुहान॥

साहित्य विधा क्यै छैन बाँकि लेखनी रोकिन्न
सबै छन् स्वादु आसव जस्तै त्रिष्णा नै मेटिन्न॥९॥
पढेर गुन्दा झन् पढ़ौं लाग्ने अन्त्य नै भेटिन्न॥

आकाश भन्दा ठुलो छ छाति कल्पना सागर
म सानोमान्छे क्यै शव्द लेखें निकाली जाँगर॥१०॥

यों मुटुभरी श्रद्धा छ मेरो अर्पण गर्दछु
भएमा त्रुटि क्षमाको लागि वन्दना गर्दैछु॥११॥
ज्ञानका धारा विद्वान सारा! वन्दना गर्दछु॥॥

प्रतिकृया दिनुहोस्