अनेसासले मनायो भैरव अर्याल जयन्ती

२०८१ असोज  ५ 

अनेसासले केन्द्रीय स्तरमा ८९औं भैरव अर्याल जयन्ती मनाएको छ ।

अनेसासका केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा भएको कार्यक्रमलाई महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले सहजीकरण गरेका थिए ।

जुम प्रविधिमा गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. भरतकुमार भट्टराईले भैरव-जीवनका आरोह-अवरोह छर्लंग्याउँदै उनी हास्यव्यंग्य विधाका सर्वोच्च शिखर हुन् भन्ने धारणा राखेका थिए ।

अनेसास बीओटी सभापति पदम विश्वकर्माले अनेसासले भैरव अर्याललगायत नेपाली भाषा साहित्यमा विशिष्ट योगदान दिएका अन्य स्रष्टाहरूका पनि जन्मजयन्ती तथा स्मृति दिवस  मनाउँदै जाने योजना रहेको कुरा व्यक्त गरेका थिए ।

राजेन्द्र कार्की, नारायण भट्टराई, प्रमोद अमात्य, नेत्रबन्धु पोख्रेल, गणेश खड्का, धर्मराज कोइराला, सुदीपभद्र खनाल, सुमन वर्षा, तीर्थ पाण्डे, सरिता अर्याल, पुष्पा खनाल, शकुन ज्ञवाली, गङ्गा गहतराज, अन्जना पौडेलहरूले भैरव अर्यालको सम्मानस्वरूप कविता, गीत, गजल वाचन गरेका थिए भने।

अन्त्यमा सभापतिको आसनबाट अध्यक्ष सर्वज्ञ वाग्लेले आफू पनि हास्यव्यंग्यबाट प्रेरित रहेको भन्दै सधन्यवाद सभा विसर्जन गरेका थिए ।

प्रतिकृया दिनुहोस्