COVID-19 पछिको पहिलो कार्यक्रम अनेसास केन्द्रीय कार्य समितिले आयोजना गर्ने ११४औं लक्ष्मी जयन्ती (लक्ष्मीप्रसाद देवकोटा जयन्ती) भब्यताका साथ मनाउने उद्देश्यले न्युयोर्कको ज्याक्सनहाइटस्थित नेपाली भान्साघरको ठुलो भुइँतल्लामा ६ तारिख आइतबारका लागि सिंगारपटार भइसकेकोछ ।

उक्तदिनमा कविता, गीत गजल वाचन गर्न न्युयोर्क, न्युजर्सी, केनिक्टिकट, बोष्टन र न्युह्याम्सायरबाट आउने कविज्यूहरू तथा साहित्यप्रेमीज्यूहरूको नाम लेख्न सुरू गरिसकेको जानकारी आएको छ ।

यसै अवसरमा अनेसासको अनलाइन साहित्यिक पत्रिका अनेसास दर्पणको विधिवत सुरुवात पनि गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्