न्युयोर्कमा लक्ष्मीजयन्ती तथा विशेष साहित्यिक समारोह सम्पन्न

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजले आइतवार अमेरिकाको न्यूयोर्कमा ११४ औँ लक्ष्मीजयन्ती मनाएको छ । कोरोना कहरपछि केन्द्रीय कार्यसमितिले भौतिक रुपमा मनाएको यो पहिलो सार्वजनिक हो ।

अनेसास न्यूयोर्क च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा डिसी- भर्जिनिया, कोलोराडो, बोस्टन, न्यूह्यमसार, न्यूजर्सी, पेन्सिलभेनिया र न्यूयोर्कका साहित्यकार र साहित्यानुरागीको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालबाट आएका साहित्यकार पवन आलोक, शशी थापा पण्डित, अम‍ृत महर्जनलगायतको पनि सहभागिता रहेको थियो ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्ध्दन पूजा र अनेसास बिओटी सभापति गीता खत्रीले पानसमा पत्ती बालेर उदघाटन गरे पश्चात् शुरूभएको कार्यक्रममा बिओटी उपाध्यक्ष पदम विश्वकर्मा र पुरु सुवेदीले कार्यक्रमको ऐतिहासिक पक्षका बारेमा प्रकाश पारेका थिए । दुवैले अनेसासप्रति साहित्यकारहरुको विश्वास र अनेसासको काम र कर्तव्य बारे विचार राखे ।

अनेसासका केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव विमला निरौलाले कार्यसमितिको कार्यविवरण तथा अनेसासको उदेश्य अनुरुपको भावि कार्य- योजना प्रस्तुत गरे ।

अनेसासका पूर्व अध्यक्ष भीम रेग्मीले अनेसासले मनाउदै आएको लक्ष्मी जयन्ती र मोतीजयन्तीको प्रसङ्ग उल्लेख गर्दै समस्यापूर्ति कविता लेखन इतिहासको चर्चा गरे ।

कार्यक्रममा साहित्यकार पवन आलोक र शशी थापा पण्डितले अनेसासप्रतिको आफ्नो आस्था, विश्वास र यसले गर्नुपर्ने कामका बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक तथा अनेसास न्यूयोर्क च्याप्टर अध्यक्ष राजन महर्जनले अतिथिहरुको स्वागत गर्दै न्यूयोर्क च्याप्टर सबै साहित्यकारहरुलाई स्वागत गर्ने संस्थाको रुपमा सक्रिय रहेको बताए ।

साहित्यकार लालगोपाल सुवेदीले लक्ष्मीप्रसाद देवकोटाको वहुआयामिक पक्षका बारेमा मन्तव्य राखे । ताराकिशन फाउन्डेशनका संरक्षक किशनसिँह धामीले अनेसास ‍अध्यक्ष गोवर्द्धन पूजालाई सम्मान-पत्र र खादाले सम्मान गरे भने अनेसासद्वारा वालप्रतिभा विभुषा विष्ठलाई २ सय डलरको नवरत्न वालप्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

नेतृत्व गर्नेमा गाली र ताली दुवै स्वीकार्न सक्ने क्षमता हुनुपर्छ भन्ने विचार राख्दै बिओटी सभापति गीता खत्रीद्वारा आफ्नो जीवन साहित्यिक सिर्जनामा समर्पण गर्ने प्रतिवद्दतासाथ नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

अनेसास केन्द्रीय सदस्य शकुन ज्ञवालीद्वारा सञ्चालित उक्त कार्यक्रममा विकाश विष्ठ, शारदा क्षेत्री, लक्ष्मी श्रेष्ठ, मोहन निरौला, हरिमाया अधिकारी, सागर खतिवडा, वन्दना कोइराला, विश्व थापा, नदिया लिवाङ, रेखा कडेल, नवराज खड्का, ज्योति श्रेष्ठ, पासाङ शेर्पा, ज्योति राई, हजुरी शाह कडेल, राम खत्री, संगीता उप्रेती, सीता खरेल, ज्योति पौडेल, लगायतको सिर्जना वाचन तथा गौरवमय सहभागिता रहेको थियो ।

अनेसासलाई अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पूजाले सबैको साझा संस्था बनाएर अनेसासलाई संसारभरका नेपाली भाषा र साहित्यकार माझ पुर्याउने प्रतिवद्धता व्यक्तगर्दे कार्यसमितिले छिट्टै नयाँनयाँ कार्यक्रम ल्याउन लागेको बताए । अनेसास न्यूयोर्क च्याप्टरलाई धन्यवाद व्यक्त गर्दै उनले आगामी मार्च १०-१२मा बोस्टन सम्मेलनका लागि सबैलाई निमन्त्रणा पनि दिए ।

स्मरण रहोस् १०- १२ मार्च २०२३मा अनेसासले बोस्टनमा च्याप्टर सम्मेलन र महिला सम्मेलनको कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्