अमेरिकाको मेरिल्याण्ड राज्यको राज्य विधायकमा नेपालका ह्यारी भन्डारी पुन: निर्वाचित

अमेरिकाको मेरिल्याण्ड राज्यको राज्य विधायक सदस्यजस्तो गरिमामय पदमा नेपालका ह्यारी भन्डारी पुन: निर्वाचित हुनुभएको छ ।

लामो समय नेपाली साहित्यमा साहित्यकार एच बि भण्डारी ‘प्रभात’को नामबाट परिचित उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

अनेसासलाई विशाल वृक्षको रुपमा फैल्याउनमा उहाँले गर्नुभएको योगदानको स्मरण गर्दै अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले भन्नुभयो- सिर्जनात्मक लेखनबाट उहाँले नेपाली साहित्यलाई मलजल गर्ने काम गर्नुभएको छ । साथै आगामी दिनमा नेपाली साहित्यको विश्व-उडानमा उहाँको साथ, सहयोग र प्रत्यक्ष सहभागिताको आशा राख्दछौँ ।

यसै क्रममा अमेरिकाको मेरिल्याण्ड राज्यको राज्य विधायक सदस्यजस्तो गरिमामय पदमा ह्यारी भन्डारी पुन: निर्वाचित हुनुभएकोमा अनेसासले शुभकामना व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्