आजको आवश्यकताः अनेसास दर्पणको नयाँ आवरण

# खुसी लागेको छ, अनेसास दर्पणलाई यो आवरणमा अवतरण गराउन सफल भएकोमा ।

# हाम्रा २४ सय आजीवन सदस्य रहेको अन्तर्राष्ट्रिय परिवारसँग सम्वन्ध स्थापना गर्ने समयको मागमा हामी उभिएका छौँ । यही दोभानमा हाम्रो भेट हुनेछ । आउनुहोस् मिलेर सगरमाथाको मूललाई भूगोलका कुनाकुनामा रहेका कुलो, खोला, सागर, समुद्रहुँदै नेपाली भाषा र साहित्यका प्यासीलाई तीर्खा मेटाउने हाम्रो साझा सपनामा सहभागी बनौँ ।

छर्कनु पर्छ व्यूताउन सुतेकालाई ! सिञ्चनुपर्छ मुर्झाउन ओइलिएकालाई !! र बनाउन सकिन्छ, मरुभूमिमा पनि मरूद्यान !!!

# हामी हिँडेका छौँ । सबैको साथ र सहयोगमा हामी दौडने छौँ । यो दौड हामी सबैको साहित्यिक दौड हुनेछ ।

जीतमा हाम्रो भाषा र साहित्यले खुसी मनाउने छ ।

# साहित्य, कला र संस्कृति हाम्रा सम्पत्ति हुन् । हामीले भोलिलाई दिने वर्तमानको सर्वोच्च पुरस्कार पनि यही हो । यसैले सिर्जनाले मलजल गराउनु छ- हाम्रो जन्म । अनि मात्र हामीले हेर्ने दर्पणमा सुन्दर आकृति देखिने छ ।

# हो, यही एकमात्र उदेश्यमा ‘अनेसास दर्पण‘ उभिएको छ ।

आउनुहोस् सबैले आफ्नो मुहार सुन्दर हेर्ने अभ्यास गरौँ ।

गोवर्द्धन पूजा [email protected]

 

प्रतिकृया दिनुहोस्