के म भेडो हुँ!    – रविन्द्र कार्की

के म भेडो हुँ!
रविन्द्र कार्की

म को हुँ ? र, के हुँ ?
मैले अझैँ पत्तो पाएको छैन !
अब, कसरी चिनाऊँ तिम्लाई
म को हुँ भनेर !
कसरी दिऊँ परिचय
म आफ्नो!
म मान्छे हुँ तर अहिले भएको छु भेडा ।
म चारखुट्टा होइन
दुई खुट्टाले हिड्छु र
हातले नै खाना खान्छु ।

म मात्रै होइन यहाँ धेरै भेडा छन्
त्यी भेडासँग मिल्न खोज्छु
सँगसँगै हिड्न खोज्छु ।

तन्नेरी भेडाहरू उफ्रन्छन
आफ्नो औकात देखाउँछन ।
घाँस खानको गाह्रोले
फगत मान्छे भएका हौ हामी !
बिचार र सोचमा हामी भेडा हौ !

म भने भेडासँगै बसेर
भेडासँगै लगेर र,
भेडासँगै हिडेर भेडा भएँ !
प्रभुजी अब
मलाई भेडो बनाउनु पर्दैन
म आफै भेडो भैसकेँ !

# भक्तपुर, हाल साउदी

प्रतिकृया दिनुहोस्