मीना सुब्बालाई     साहित्य अकादेमी# बाल साहित्य पुरस्कार
 
 साहित्यकार मीना सुब्बाको बाल कविताकृति कोपिलाका रङ्हरू साहित्य अकादेमी# बाल साहित्य पुरस्कारबाट पुरस्कृत भएको छ । साहित्यकार सुब्बा  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टरको  महासचिव  हुन् । अनेसास केन्द्रीय कार्यसमितिले एक विज्ञप्ति जारी गरेर सुब्बालाई बधाई ज्ञापन गरेको छ । 
 
(विज्ञप्तिको पूर्ण पाठ )
हार्दिक बधाई !!!
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टर महासचिव साहित्यकार मीना सुब्बाको बाल कविताकृति कोपिलाका रङ्हरू साहित्य अकादेमी# बाल साहित्य पुरस्कारले पुरस्कृत भएको शुभ पलमा हार्दिक बधाई तथा लेखकीय सफल जीवनको शुभकामना व्यक्त गर्दछौँ ।
 
विमला निरौला
महासचिव
 
गोवर्द्धन पूजा
अध्यक्ष
 
तथा 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति परिवार
प्रतिकृया दिनुहोस्