(कविता) नायक   -ममता कर्माचार्य

नायक 

  • ममता कर्माचार्य

 

सत्यतामा खोक्रो भेष

उपस्थिति रङ्गमञ्चमा झुठो नीति,

थुनिएको,छु यर्थाथमा

उकुस,मुकुस,जीवन

खोजी रहेको छु,

 

विश्वासको,बाटो

शून्य पलमा

अनि हिजोजस्तै

ऋतु परिवर्तन भएकैछ।

वर्ष पनि समयजस्तै गतिशिल छ।

 

कतिसम्म प्रतीक्षा,

मेरो नायकको

तिम्रो प्रस्तुति

तिमी बिना

जीवन छ,कठिनाइ,

झुठो बिश्वास छ

म नेपाली

केवल रह्यो अव्यस्थित

केवल रह्यो विचलित

केवल रह्यो कुर्सी खोसाखोस

एउटा प्रश्न छ।

 

हिजोजस्तै आज पनि

कहिले आई पुग्छ भन्ने

खलवली छ ।

स्वर्गबाट ओर्लिने,

के होला अति,सुन्दर

विना कुनै प्रारब्ध

विना कुनै भूतकाल

जे,होस् ऊ मेरै हो

जवान बलियो

निस्वार्थ विश्वास बोकेको

कर्मठ निश्चल अनि कोमल

नागरिक हानी सबैको

जो होस् ऊ मेरै नेपालको हो

सुन्दर अभिव्यक्ति

सुन्दर नेपाल

मेरो मातृभूमिको

मेरो पितृभूमिको

भविश्य

हे प्रभु,

पठाई दिनु,बिन्ती छ ।

मेरो नेपालको लागि

तिम्रो प्रतीक्षामा ,

मेरो नायक…

!!!

 

#बोस्टन, अमेरिका

प्रतिकृया दिनुहोस्