(कविता)  भर्याङ्ग: एक शव्दचित्र     -ऋषि बस्ताकोटी

(कविता)

भर्याङ्ग: एक शव्दचित्र

 

-ऋषि बस्ताकोटी

 

चढिसकेकाहरुका लागि

भर्याङ्ग केही होइन,

चढ्न चाहनेहरूका लागि

भर्याङ्ग केही हो,

चढ्दै गरेकाहरूका लागि

भर्याङ्ग सर्वस्व हो

तर स्वयम् मा भने

भर्याङ्ग –

चाहिँदा पुजिने

नचाहिंदा मिल्किने

एक अस्तित्वविहिन मुढो हो।

 

# नर्थ क्यारोलाइना , अमेरिका 

प्रतिकृया दिनुहोस्