अनेसास कोलोराडो सपथ तथा देवकोटा जयन्ती

अनेसास कोलोराडो सपथ तथा देवकोटा जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा शनिवार नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा ११४औँ देवकोटा जयन्ती कार्यक्रम सम्पन्न भएको छ । राजु सिटौलाको अध्यक्षतामा गठित नयाँ कार्य समितिलाई निर्वाचन आयुक्त भूषणलाल श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। कार्यसमितिमा राजु सिटौला( अध्यक्ष), विजयदेव अधिकारी ( उपाध्यक्ष), किरण अधिकारी(महासचिव),लाल चौलागाईं(सचिव), सेनुप्रसाद तिवारी (कोषाध्यक्ष)

र निर्मला शर्मा सदस्य रहेका छन्।
कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, अनेसास बीओटी उपसभापति पदम विश्वकर्मा, केन्द्रीय कार्यसमिति सदस्य तारा अधिकारी, साहित्यकार डा.विजयराज शर्मा, जगदीशचन्द्र ढकाल,वासु खनाल,टीका पौडेल, प्रकाश पौडेल, सम्झना आचार्य, नवराज श्रेष्ठ, राज ढुंगानालगायतले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभाकामना व्यक्तगर्दै बधाई ज्ञापन गरे ।

कार्यक्रममा अनेसास अन्तर्रदृष्टि पत्रिकाका प्रधान सम्पादक लालगोपाल सुवेदीले महाकवि देवकोटाको बारेमा प्रकाश पारेका थिए भने मिलन कोइराला, भूपेन्द्र महत, शिशिर भट्ट,सीता सापकोटा, मनोजकाजी तुलाधर, पुष्पराज पौडेल, भीम कट्टेल, विमल अधिकारी, कुमारजंग कार्की, विजयदेव अधिकारीलगायतले सिर्जना वाचन, गीत गायन तथा सहभागिता जनाएका थिए ।

 अध्यक्ष राजु सिटौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम च्याप्टर महासचिव किरण अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्