भग्नावशेषमाथि टोलाएको परेवा सार्वजनिक

भग्नावशेषमाथि टोलाएको परेवा सार्वजनिक
समाचारदाता

राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको आयोजनामा साहित्यकार सुशील नेपालद्वारा लिखित कवितासंग्रह “भग्नावशेषमाथि टोलाएको परेवा”को लोकार्पण काठमाण्डौंमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि विष्णुविभू घिमिरे र विशिष्ट अतिथिमा गोरखापत्रका भूपू सम्पादक अध्यक्ष तारा बराललगायतका व्यक्तित्वहरूले कृति सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजका पूर्व अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेका थिए भने प्रकाश सायमी, शरच्चन्द्र वस्ती , ममता मृदुल, विटु केसीलगायतले पुस्तकबाट लेखकका कविता वाचन गरेका थिए।
कार्यक्रममा दिनेश अधिकारी , प्रमोद प्रधान, डा. शैलेन्द्रुप्रकाश नेपाल, पत्रकार हरिहर विरही, नारायण तिवारी,महेश प्रसाई, सुमन नेपाल, रमेश तुफान,दीपा राई पुन, गोविन्द गिरी प्रेरणालगायतले मन्तव्य तथा उपस्थिति जनाएका थिए । कार्यक्रम भू.पू न्यायधिस लीलाबहादुर बस्न्यातको सभापतित्वमा भएको थियो

प्रतिकृया दिनुहोस्