अनेसासका संस्थापक सुवेदीलाई -इनास राष्ट्रिय सम्मान

अनेसासका संस्थापक सुवेदीलाई -इनास राष्ट्रिय सम्मान

 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )अमेरिकाले अमेरिकामा रहेर कला ,संगीत,साहित्य ,समाजसेवा ,खेलकुद ,पत्रकारिता लगायत विभिन्न क्षेत्र विशेष योगदान पुर्‍याउने आधा दर्जन भन्दा व्यक्तित्वलाई सम्मान गरेको छ ।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा इनास अमेरिकाद्वारा आयोजित इनास राष्ट्रिय सम्मान तथा साँस्कृतिक साँझ २०२२ नामक कार्यक्रममा सम्मान गरेको हो ।

सम्मानित हुने ब्यक्तित्वहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष साहित्यकार होमनाथ सुवेदी,गायिका सपना श्री ,चलचित्र निर्मात्री तथा कलाकार अनसुया श्रेष्ठ वन्त ,सामाजिक अभियन्ता डा. श्याम कार्की ,डा. विष्णुमाया परियार ,खेलाडी विना खड्का लामा तथा ईनेप्लिजका पत्रकारद्वय विश्वराज थापा र विजय थापा रहेका छन ।
सम्मानित सबैलाई हार्दिक बधाई !!!

प्रतिकृया दिनुहोस्