अनेसास कोराडो च्याप्टरले दियो एक हजार एक डलर

अनेसास कोराडो च्याप्टरले दियो एक हजार एक डलर

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले अनेसासको भवन खरिदकालागि एक हजार एक डलर सहयोग प्रदान गरेको छ । अनेसास केन्द्रीय कार्य समितिको आह्वानमा च्याप्टरहरूले सहयोग गर्ने प्रतिवद्दताको यो सुरुआति क्रम हो ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजालाई देवकोटाजयन्तीको अवसर पारेर च्याप्टर प्रतिनिधिहरूले चेक हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरित चेकलाई कोलोराडोस्थित वेल्स फार्गो बैकमा रहेको अनेसास बोर्ड अफ ट्रस्टीको खातामा जम्मा गरिएको अध्यक्ष पूजाले बताएका छन् । चेक ग्रहण पश्चात् धन्यवाद ज्ञापनगर्दै अनेसास कोरोराडो च्याप्टर एउटा नमूना च्याप्टरको रूपमा रहेको बताए ।
अनेसास भवन निर्माणको लागि न्यूह्यामसार च्याप्टरले यसअघि नै रकम हस्तान्तरण गरिसकेको छ भने बोस्टन,न्यूयोर्क, डीसीलगायतका च्याप्टरहरूले आगामी मार्च १० मा बोस्टनमा हुने च्याप्टर सम्मेलनमा हस्तान्तरण गर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस्