अनेसास उत्तर अमेरिका समितिद्वारा परिचयात्मक कार्यक्रम

अनेसास उत्तर अमेरिका समितिद्वारा परिचयात्मक कार्यक्रम

समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना च्याप्टरहरूलाई केन्द्रसँग निरन्तर जोडने अवधारणा अन्तर्गतको २३औ शृंखलामा हालै सम्पन्न गरेको छ । अनेसास उत्तर अमेरिका क्षेत्रमा पर्ने २२ च्याप्टरहरु मध्येका च्याप्टरहरूसँग विगत ३ वर्षदेखि नियमित रूपमा कार्यक्रम गर्दै आएको छ । हरेक महिनाको अन्तिम आइतवार गरिदै आएको विशेष कार्यक्रमलाई निरन्तरता दिँदै अनेसास केन्द्र र बीओटीसंग पुनर्गठित डिसी मेट्रो शाखा तथा ओहायो शाखाका पदाधिकारीहरु र उत्तर अमेरिका क्षेत्रका अरु शाखाका पदाधिकारीहरु बीच परिचयात्मक एवम् रचना वाचनको कार्यक्रम गरेको हो।
डिसी मेट्रो च्याप्टरका उपाध्यक्षद्वय कवीन्द्र सिटौला, सुनिता खत्री, वरिष्ठ उपाध्यक्ष रजनी श्रेष्ठ, महासचिव नीलकण्ठ सुवेदी लगायत पदाधिकारीहरु तथा राम न्यौपाने, शकुन्तला अधिकारी, जगन्नाथ पौडेल, मनिष पोखरेल, रवीन्द्र श्रेष्ठ, डा. विष्णु घिमिरे कार्यक्रममा सहभागी थिए । यसैगरि ओहायो च्याप्टर अध्यक्ष – रोहितचन्द्र भण्डारी, उपाध्यक्ष निवेदिता बराल, सचिव राष्ट्रियता भण्डारी, सहसचिव शारदा धिताल र सदस्य गीता चापागाईंको सहभागीता थियो । यस्तै गरी क्यानाडा च्याप्टर अध्यक्ष – तारा उप्रेती, शिकागो च्याप्टर अध्यक्ष – ईश्वर बगाले, क्यांसास च्याप्टर अध्यक्ष – कमला न्यौपाने, डॉलस च्याप्टरअध्यक्ष – निर्मला राई, फ़्लोरिडा च्याप्टर अध्यक्ष – डा. अमर कार्की तथा कोलोराडो च्याप्टर अध्यक्ष – राजु सिटौलासहित साहित्यकार गङ्गा लिगल, गंगा अभिलाषी, केन्द्रका पूर्व कोषाध्यक्ष कृष्ण गिरीको सहभागी रहेको थियो ।
कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष – गोवर्द्धन पूजा, वरिष्ठ उपाध्यक्ष-सर्वज्ञ वाग्ले, महासचिव विमला निरौला, तथा बीओटी कार्यसमिति सदस्य तथा ओहायो शाखा सल्लाहकार- तीर्थराज अधिकारीको पनि उपस्थिति रहेको थियो ।
अनेसास केन्द्रीय उपाध्यक्ष एवम् उत्तर अमेरिका क्षेत्रिय संयोजक, राजेन्द्र श्रेष्ठको अध्यक्षतामा
सञ्चालित उक्त परिचयत्मक तथा रचना वाचन कार्यक्रमको सञ्चालन अनेसास केन्द्रीय सदस्य तथा उत्तर अमेरिका क्षेत्रीय समितिका सदस्य सचिव शकुन ज्ञवालीद्वारा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्