सन्ध्या पहाडीको संयोजकत्वमा अनेसास महिला समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) २०२२–२०२४ का लागि महिला समिति गठन भएको छ ।

अनेसास केन्द्रीय समितिअन्तर्गत उक्त महिला समितिमा नेपालबाट सन्ध्या पहाडी— संयोजक तथा सदस्यहरुमा सुशिला खड्का ‘हसिना’ (नेपाल), गीता बजगाईं- क्यालिफोर्निया, प्रेमिला गौचन— जापान, गोमा रेग्मी— पोर्चुगल, शान्ता बस्नेत— नेपाल, गोमा न्यौपाने— अमेरिका, शारदा पौडेल ‘नीशा’— स्पेन, अस्मिका श्रेष्ठ— अस्ट्रेलिया रहेका छन् ।

यही मार्च १०-१२ मा पाचौँ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन अमेरिकाको बोस्टनमा हुन गइरहेको र उक्त सम्मेलन सफल पार्न महिला समिति सक्रिय रुपमा लागि पर्ने कुरा महिला समितिका संयोजक सन्ध्या पहाडीले बताउनुभएको छ ।

त्यसैगरी उहाँले नेपाली भाषा, साहित्य, कला, संस्कृतिको संवर्द्धन तथा विकासमा महिलाहरूको उल्लेख्य भूमिका रहेको बताउँदै आगामी दिनमा विभिन्न स्थानमा महिला समितिले सभा गोष्ठीलगायत अनेसास महिलासमितिद्वारा प्रकाशन हुने सिर्जनामा नारी कृतिलाई प्रकाशन गरी निरन्तरता दिने कुरा बताउनुभयो ।

 

अनेसास महिला समितिलाई केन्दीय अध्यक्ष गोवर्द्धन पूजा एवं महासचिव विमला निरौला तथा अनेसास केन्द्रीय समितिले बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्