अनेसास बीओटीको उमेदवार नामावली प्रकाशित

अनेसास बीओटीको उमेदवार नामावली प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको नयाँ कार्यसमिति २०२२-२०२६को लागि निर्वाचन समितिले उमेदवारको नामावली प्रकाशित गरेको छ । प्राप्त जानकारी अनुसार सभापतिमा पदम विश्वकर्मा र सीता पाण्डेले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैगरी उपाध्यक्षका विष्णुप्रसाद घिमिरे( जनरल) र तीर्थ पाण्डे ( पुरस्कार) को उमेदवारी परेको छ । यसैगरी महासचिवमा प्रकाश नेपाल, सचिवमा नारायण अधिकारी र कोषाध्यक्षमा रामवावु पाण्डेले उमेदवारी दिएका छन् ।
एकजना महिला अनिवार्यसहित तीनजना सदस्यमा धर्मराज कोइराला ,ऋृषि बराल , रश्मि भट्ट र गृष्मा पौड्यालको उमेदवारी परेको छ ।

प्रतिकृया दिनुहोस्