‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’  चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’
‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’  चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’
 
‘गैरआवासीय नेपाली सङ्घ’को ‘भाषा तथा साहित्य समिति’ले प्रदान गर्ने  ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’  चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’ नामक उपन्यास कृतिलाई प्रदान गर्ने निर्णय गरेको छ ।  ‘अरनिको पुरस्कार व्यवस्थापन समिति’ले वि. सं. २०७८ भरिमा प्रकाशित भएका गैरआवासीय नेपाली लेखकका कृतिहरूमध्ये चीनमा स्थायी बसोवास गर्नु हुने साहित्यकार  आचार्यद्वारा लिखित ‘रुइबा’ नामक कृतिलाई २०७८ सालको लागि पुरस्कृत गर्नर निर्णय गरेको हो । 
 
 पुरस्कारकालागि अन्तिम पाँच कृतिमा चेतनाथ आचार्यको ‘रूइबा’ का अतिरिक्त नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ (नियात्रा सङ्ग्रह), अजित उत्सवको ‘आकाश गंगाको किनार’ (कविता सङ्ग्रह), दीपा मेवाहाङ्ग राईको ‘यादको सन्दुक ‘ (कविता सङ्ग्रह) र नरेश राईको ‘तेप्लायु’ (कविता सङ्ग्रह) संलग्न थिए ।
यसअघि यो पुरस्कारबाट हरि अधिकारीको “संकलित गद्य रचना’ पुरस्कृत भएको थियो । 
प्रतिकृया दिनुहोस्