प्रेरणाको ‘सुश्री पारिजात’ सार्वजनिक

प्रेरणाको ‘सुश्री पारिजात’ सार्वजनिक

अनेसासका सल्लाहकार गोविन्द गिरी प्रेरणा लिखित ‘सुश्री पारिजात’ एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।

बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा साहित्यकार भुवन ढुङ्गाना, श्रीओम श्रेष्ठ रोदन र कृतिकार प्रेरणाले कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रमकी वक्ता भुवन ढुङ्गानाले साहित्यकार पारिजातसँग आफ्नो परिचय २०२६ सालमा भएको उल्लेख गर्दै ‘पारिजातले सङ्घर्षपूर्ण जीवन जिउँदै हामीजस्ता धेरै साहित्यकारलाई प्रेरणा दिएको’ बताइन् ।
अर्का वक्ता श्रीओम श्रेष्ठ रोदनले कृतिकार प्रेरणाको परिचय दिँदै बितेको २० वर्षदेखि उनले यस पुस्तकमा कामगर्दै आएको बताए । उनले प्रेरणाले कथा, कविता, निबन्ध, नियात्रा सबै विधामा कलम चलाएको बताउँदै यस पुस्तकको प्रकाशनसँगै उनी जीवनीकार पनि भएको उल्लेख गरे ।

सार्वजनिक पुस्तक ‘सुश्री पारिजात’का लेखक गोविन्द गिरी प्रेरणाले आफूले शंकर लामिछाने, भूपि शेरचन र पारिजातको जीवनी लेख्ने निर्णय गर्दै सर्वप्रथम पारिजातमाथि अनुसन्धान गर्दै काम सुरु गरेको बताए ।
दुई दशक लगाएर लेखेको पुस्तकलाई अब पाठकको जिम्मामा सुम्पिएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस्