भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई 

 भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई 

 

कवि भूपि शेरचनको स्मृतिमा  स्थापित थकालि सेवा समिति पोखराद्धारा प्रदान गरिने  भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई दिने निर्णय भएको हो । पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यसवर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको हो ।  पौष १० गते ८९ औँ भूपि जयन्तीकोे अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरि साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने छ । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशी ५० हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकालि सेवा समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन रहेका थिए। हरेक दुई दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्न शमशेर थापा, र तीर्थ श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

 

पुरस्कृत शेरचनका  नजन्मेका आस्थाहरू कविता संग्रह (२०४८), अक्षरहरूका शिविरबाट मुक्तक संग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह २०६३, तेस्रो रङ्ग कथा संग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जन बढि कृतिहरु प्रकाशित छन् । उनि यसअघि व्यथित काब्य पुरस्कार २०४३, व्यथित काब्य वनिता पुरस्कार (२०६९), योगेश्वर कलासहित्य पुरस्कार (२०७०), नातिकाजी संगीत पुरस्कार (२०७२), बासु शशी स्मृति वानीरा पुरस्कार (२०७८), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७) बाट पुरस्कृत भईसकेकी छिन भने रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक (२०४५), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), विश्वनारी नेपाली साहित्य पदक (२०७१) , भानुभक्त स्वर्ण पदक (२०७१) र सत्यमोहन जोशी शताब्दी पदक (२०७३) पाइसकेकी छिन् ।

प्रतिकृया दिनुहोस्