अनेसास ह्युस्टनमा सतिश

अनेसास ह्युस्टनमा सतिश

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याप्टरको शनिवार सम्पन्न वार्षिक साधारण सभाले साहित्यकार सतिश त्रिपाठीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मुना पौडेल, उपाध्यक्षमा साधना शर्मा र महासचिवमा मोदनाथ सादा चयन भएका छन् भने सचिव र कोषाध्यक्षमा क्रमशः निलहरि आचार्य र अमृत लामिछाने छानिएका छन्। यसैगरी सदस्यहरूमा उषा पन्थी, शेषकान्त बराल र उमा शर्मा चयन भएका छन। कार्यसमितिमा थप सदस्यहरु अध्यक्षले मनोनित गर्ने  छन्।

साधारण सभामा अनेसास ह्युस्टन च्याप्टरको स्थापना कालदेखि संस्थाको श्रीबृद्धि र अनेसासका हरेक क्रियाकलापहरुमा सहयोग पुऱ्याएकोमा कमल पन्थी र उषा पन्थीलाई सम्मान गरिएको थियो। अनेसासका पूर्व अध्यक्ष शेष शर्मा र संस्थापक मुना पौडेलले सो सम्मान प्रदान गरेका थिए।

सभाले कार्यसमितिबाट प्रस्तुत भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याटरको विधान २०२१ अनुमोदन गर्नुका साथै च्याप्टरको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो।

प्रतिकृया दिनुहोस्