गृष्माको अनेसास सदस्यता निलम्वन

गृष्माको अनेसास सदस्यता निलम्वन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जापान निवासी गृष्मा पौड्यालको सदस्यता १० बर्षको लागि निलम्वन गरेको छ । अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले अनुशासन समितिको सिफारिसमा उक्त निर्णय गरेको हो । अनेसासको विधान १९९१ को सातौँ संशोधन, २०२१ को दफा ६ को उपदफा ७ (१) र दफा २६ को उपदफा ६ अनुसार १० वर्षका लागि अनेसासको ट्रस्टी र आजीवन सदस्यताबाट निलम्बन गर्ने निर्णय गरिएको जानकारी बीओटी सचिव शिव लामिछानेद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
बिओटी निर्वाचन २०२२ को प्रक्रियाअवधि र निर्वाचनअघिका विभिन्न सन्दर्भमा पौड्यालद्वारा प्रकट गरिएका विभिन्न फोन, सामुहिक मेसेज तथा व्यक्तिगत मेसेजहरुबाट अनेसासका सम्मानित ट्रस्टीहरुको व्यक्तिगत जीवन,स्वास्थ्य, जातिभेदजस्ता संवेदनशील विषयमा आघात पुग्न गएको कारण २४ डिसेम्बर २०३२ सम्म निलम्वन गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्