अध्यक्षसँग अनेसासको कुरा

अध्यक्षसँग अनेसासको कुरा
समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विभिन्न समिति र च्याप्टरहरुसँग निकट समन्वय राख्ने उदेश्यले सञ्चालन गर्दै आएको ‘ अध्यक्षसँग अनेसासका कुरा’ को दोस्रो शृङ्खला हालै सम्पन्न गरेको छ । अनेसास संस्कृति समितिसँगको उक्त कार्यक्रममा अनेसासका अध्यक्ष गोवर्द्धन पूजासँग संस्कृति समितिमा प्रतिनिधिहरूले अन्तरक्रिया र सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले स्वागत र उपाध्यक्ष राजेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव विमला निरौलाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा समितिका संयोजक महेश्वर पन्त, उपसंयोजक डा. भक्त राई र सागर खतिवडा, सदस्यहरु हरिमाया खतिवडा, कमला रिसाल, एन बि अञ्जान, स्नेहाश्री थापालगायतले मन्तव्य र सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समितिका सल्लाहकार तीर्थराज अधिकारी, प्रा.डा. कुसुमाकर न्यौपाने र मदनराज थापाले समितिलाई शुभकामनादिदै मन्तव्य राखेका थिए ।

 

https://www.facebook.com/inlshq/videos/1608892676213541

प्रतिकृया दिनुहोस्