अनेसास बीओटीका पदाधिकारीलाई डिसि च्याप्टरको बधाई

अनेसास बीओटीका पदाधिकारीलाई डिसि च्याप्टरको बधाई

समाचारदाता
अनेसास डीसी मेट्रो च्याप्टरले अनेसास बीओटीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पदम विश्वकर्मा, उपाध्यक्ष ( जनरल ) विष्णुप्रसाद घिमिरे, उपाध्यक्ष (पुरस्कार ) तीर्थराज पाण्डे, महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी, सदस्यहरू धर्मराज कोइराला, ऋषिराम बराल, रश्मि भटृलगायत पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा अनेसास केन्द्रीय कार्य समितिका सल्लाहकार गोविन्द गिरी प्रेरणा, अनेसास केन्द्रीय कार्य समितिका सदस्यहरु सुदीपभद्र खनाल, सरिता अर्याल, अनेसासका पूर्व केन्द्रीय अध्यक्षहरु भीम रेग्मी, बसन्त श्रेष्ठ, पुरु सुवेदी, अनेसास विओटीका पूर्व सचिव शिव लामिछाने, अनेसास पुरस्कार समितिका पूर्व अध्यक्ष प्रा. डा. गोपी उप्रेती, अनेसास विओटीका पूर्व सल्लाहकार सीता पाण्डे, वरिष्ठ साहित्यकार कृष्ण धरावासीलगायतले शुभकामना तथा बधाई व्यक्त गरेका थिए । कार्यक्रममा सदस्य धर्मराज कोइराला ( क्यालिफोर्निया ) र रश्मि भटृ ( न्युयोर्क ) भौतिक रूपमा उपस्थित हुन नसके पनि जुमबाट सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्