सर्वोत्कृष्ठ च्याप्टर पुरस्कारका लागि अनुरोध

सर्वोत्कृष्ठ च्याप्टर पुरस्कारका लागि अनुरोध

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मार्च १०-१२ , २०२३मा अमेरिकाको बोस्टनमा आयोजना गर्ने पाँचौँ च्याप्टर सम्मेलन तथा महिला सम्मेलनमा सर्वोत्कृष्ट च्याप्टरलाई नगद ५०० डलर र सम्मान-पत्रले सम्मानित गर्ने भएको छ । विभिन्न २० विषयमा उच्च अंक ल्याउने च्याप्टरलाई पुरस्कृत गरिने भएको हो । च्याप्टरले गरेका निम्न विषयलाई मूल्याङ्कनको मापन बनाइएको छ । 

सहभागीताको लागि सबै च्याप्टरले १५ फेब्रुअरी  २०२३ सम्ममा केन्द्रीय कार्यसमितिलाई प्राप्त हुने गरि जानकारी पठाउनु पर्ने छ । 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

सर्वोत्कृष्ठ च्याप्टर पुरस्कार छनौटका आधारहरु

 

क्रं.स     आधारहरु पूर्णांक         (१००) प्राप्तांक

१.च्याप्टर स्थापना भएको मिति (५ वर्ष अघि स्थापना भए २, ५ वर्ष पछि स्थापना भए १)२

२.च्याप्टर पुनर्गठन भएको मिति (हरेक २ वर्षमा भए २ नभए १)२

३.च्याप्टरमा आजीवन सदस्यहरुको संख्या (५० भन्दा बढी भए २, कम भए १)२

४.च्याप्टरमा साधारण सदस्यहरुको संख्या (५० भन्दा बढी भए २, कम भए १)२

५.यस वर्ष बृद्धि भएका आजीवन सदस्यहरु (५० भन्दा बढी भए १०, कम भए ५)१०

६.यस वर्ष बृद्धि भएका साधारण सदस्यहरु (५० भन्दा बढी भए २, कम भए १)२

७.जयन्तीहरु आयोजना (प्रत्येक जयन्तीको १ का दरले बढीमा ५) ५

८.कवि गोष्ठीहरुको आयोजना (प्रत्येक कवि गोष्ठीको १ का दरले बढीमा ५)५

९.प्रतियोगितात्मक कार्यक्रमको आयोजना      (प्रति कार्यक्रमको १ का दरले बढीमा ५)       ५

१०.कृतिहरु प्रकाशन (प्रत्येक कृतिको २ का दरले बढीमा १०)१०

११.वेभ साइट (वेभसाइट भएमा ५)५

१२.अनलाइन पत्रिका प्रकाशन (वेभसाइट भएमा ५)५

१३.श्रष्टाहरुको सम्मान (प्रति कार्यक्रमको २ का दरले बढीमा ५)५

१४.च्याप्टरको नियमित बैठक (प्रति बैठकको १ का दरले बढीमा ५)५

१५.बार्षिक साधारण सभा (बार्षिक साधारण सभा भएमा ५)५

१६.पुस्तकालय (पुस्तकालय भएमा ५)५

१७.नेपाली भाषाको पाठशाला सञ्चालन (पाठशाला भएमा ५)५

१८.सांस्कृतिक कार्यक्रमको आयोजना (प्रति कार्यक्रमको २ का दरले बढीमा ५)५

१९.राष्ट्रियस्तरको कार्यक्रमको आयोजना (प्रति कार्यक्रम ५ का दरले बढीमा १०)१०

२०.बोर्ड अफ ट्रष्टीको सदस्यता प्रदान (प्रति सदस्य २ का दरले बढीमा ५)५

 

 

अनुसूचि—२

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

सर्वोत्कृष्ठ च्याप्टर पुरस्कार छनौटका आधारहरु भर्ने तरिका

 

च्याप्टरः

  ठेगानाः       अवधिः 

क्रं.स आधारहरु पूर्णांक           (१००) प्राप्तांक

 

१.च्याप्टर स्थापना भएको मितिःच्याप्टर स्थापना भएको मिति लेख्नुहोस् ……२

२.च्याप्टर पुनर्गठन भएको मितिः पुर्नगठन भएको मिति लेख्नुहोस् …….२

३.च्याप्टरमा आजीवन सदस्यहरुको संख्याः आजीवन सदस्यहरुको संख्या लेख्नुहोस् ………………..२

४.च्याप्टरमा साधारण सदस्यहरुको संख्याः साधारण सदस्यहरुको संख्या लेख्नुहोस् ………..२

५.यस वर्ष बृद्धि भएका आजीवन सदस्यहरुः आजीवन सदस्यहरुको संख्या लेख्नुहोस् ………………१०

६.यस वर्ष बृद्धि भएका साधारण सदस्यहरुः बृद्धि भएका साधारण सदस्यहरुको संख्या लेख्नुहोस् …..२

७.जयन्तीहरु आयोजनाः जयन्तीहरुको नाम, आयोजना भएको मिति र स्थान उल्लेख गर्नुहोस् ……५

८.कवि गोष्ठीहरुको आयोजनाः कवि गोष्ठीहरुको मिति र स्थान उल्लेख गर्नुहोस् ……५

९.प्रतियोगितात्मक कार्यक्रमको आयोजनाः प्रतियोगिताहरुको नाम, सम्पन्न मिति, सहभागी संख्या र      पुरस्कृतहरुको नाम लेख्नुहोस् …..५

१०.कृतिहरु प्रकाशनः कृति लेखक, प्रकाशक, कृतिको नाम उल्लेख गर्नुहोस् ….१०

११.वेभ साइटः वेभसाइटको नाम उल्लेख गर्नुहोस् …… ५

१२.अनलाइन पत्रिका प्रकाशनः अनलाइन पत्रिकाको नाम उल्लेख गर्नुहोस् ……..५

१३.श्रष्टाहरुको सम्मानः कार्यक्रमको मिति, स्थान र श्रष्टाको नाम उल्लेख गर्नुहोस् …….५

१४.च्याप्टरको नियमित बैठकः बैठक भएको मिति र स्थानहरु उल्लेख गर्नुहोस् …….५

१५.बार्षिक साधारण सभाः बार्षिक साधारण सभाको मिति, स्थान र सहभागिता संख्या उल्लेख गर्नुहोस् …..५

१६.पुस्तकालयः पुस्तकालयको नाम, रहेको स्थान र पुस्तक संख्या उल्लेख गर्नुहोस् …..५

१७.नेपाली भाषाको पाठशाला सञ्चालनः पाठशाला रहेको स्थान, सहभागी संख्या र शिक्षिकको नाम उल्लेख गर्नुहोस् …..५

१८.सांस्कृतिक कार्यक्रमको आयोजनाः कार्यक्रम आयोजना भएको मिति, स्थान उल्लेख गर्नुहोस् …..५

१९.राष्ट्रियस्तरको कार्यक्रमको आयोजनाः कार्यक्रमको मिति, नाम र स्थान उल्लेख गर्नुहोस् ……१०

२०. बोर्ड अफ ट्रष्टीको सदस्यता प्रदानः ट्रष्टी सदस्यको नाम उल्लेख गर्नुहोस् …… ५

 

प्रतिकृया दिनुहोस्