पूरा भयो अनेसास पुरस्कार समिति

पूरा भयो अनेसास पुरस्कार समिति

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालै पुरस्कार समिति गठन गरेको छ । अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष साहित्यकार तीर्थराज पाण्डेयको संयोजकत्वमा डा. विजयराज शर्मा, सन्ध्या पहाडी, ईश्वरीप्रसाद भट्ट र दीपा राई पुन सदस्य रहेको अनेसास पुरस्कार समिति गठन गरिएको छ ।

संयोजक पाण्डेयका आमाको सपना (खण्डकाव्य), सविता (खण्डकाव्य) र चिरायु (उपन्यास) प्रकाशित छन् । पाण्डे गत महिना सम्पन्न अनेसास बोर्ड अफ ट्रष्टीको उपाध्यक्ष (पुरस्कार संयोजक) मा निर्विरोध निर्वाचित हुनु भएको हो । त्यस्तै डा. विजयराज शर्माको भास उपन्यास र फुटकर कविता तथा कथाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् । डा. शर्मा यसअघि पनि पुरस्कार समितिको सदस्यमा रही कार्य गरिसक्नु भएको छ । अनेसास नेपाल च्याप्टरका अध्यक्ष, केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तथा अन्तर्दृष्टिका पूर्व प्रधान सम्पादक सन्ध्या पहाडीका मृगतृष्णा र अन्य कविताहरू (कवितासङ्ग्रह), घामका अक्षर (कवितासङ्ग्रह), विश्व नारी नेपाली कविता (सहलेखन) लगायत कृतिहरू प्रकाशित छन् । गतवर्ष पनि पुरस्कार समितिमा र अनेसास बोस्टन च्याप्टरको अध्यक्षमा रहेर योगदान गरिसक्नु भएको अर्का साहित्यकार दीपा राई पुनका तिम्रो सपनाको म, स्पन्दनका रागहरू, छुटेको बागदाता र दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू कविता संग्र्रहहरु प्रकाशित छन् । त्यस्तै ईश्वरीप्रसाद भट्टका आमा र माटो तथा केही थुँगा फूलहरु कविता सङ्ग्रहहरु प्रकाशित छन् भने उहाँले २०१८–२०२२ मा पुरस्कार समितिमा रहेर योगदान गरिसक्नु भएको छ ।

अनेसास बोर्ड अफ ट्रष्टीको हालै सम्पन्न बैठकमा उक्त निर्णय भएको हो । बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजा, बोर्ड अफ ट्रष्टीका उपाध्यक्षहरु बिष्णुप्रसाद घिमिरे, तीर्थ पाण्डे, महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी र सदस्यहरू रश्मि भट्ट, धर्मराज कोइराला र ऋृषिराम बरालको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्