न्यूयोर्कमा रचना वाचन  तथा सम्मान कार्यक्रम सम्पन्न
न्यूयोर्कमा रचना वाचन  तथा सम्मान कार्यक्रम सम्पन्न
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्कले जनवरी २२, आइतबार ज्याक्सन हाईट्‌सको नेपाली भान्छा घरमा स्रष्टाहरूको माझ साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । अनेसास न्युयोर्क च्याप्टरको नियमित कार्यक्रम अन्तर्गत स्रष्टाहरूद्वारा “रचना वाचन” र “सम्मान कार्यक्रम” गरेको हो ।
कार्यक्रममा उपस्थित साहित्य अनुरागिहरूलाई च्याप्टरका उपाध्यक्ष  लक्ष्मी श्रेष्ठले स्वागत गर्नु भएको थियो । नयॅा वर्षको शुभकामना आदानप्रदानसँगै मातृभूमिमा भएको हवाई दुर्घटनामा परेर ज्यान गुमाउनुहुनेहरूको स्मरण गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो । भर्खरै सम्पन्न भएको बोर्ड अफ ट्रष्टिजको निर्वाचनमा कार्यकारिणी सदस्यमा निर्वाचित हुनुभएकी  महिला सदस्य रश्मि भट्टलाई च्याप्टरको तर्फवाट अध्यक्ष राजन महर्जन र बोर्ड अफ ट्रष्टीजका निवर्तमान अध्यक्ष साहित्यकार गीता खत्रीले  शुभकामनादिँदै दोसल्ला र पुष्पगुच्छाले सम्मान गर्नुभएको थियो ।
यसै क्रममा साहित्यकार रश्मि भट्ट र अनेसास बोर्ड अफ ट्रस्टिका निवर्तमान अध्यक्ष गीता खत्रीले आ-आफ्नो अनुभवहरुलाई पस्किदै छोटो मन्तब्य पनि दिनुभएको थियो।  साहित्यकार डा.गोविन्द कोइराला , टुटुल्को डटकमका प्रधान संपादक ज्योतिकुमार श्रेष्ठ , च्याप्टरका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ , च्याप्टरकै कार्यकारिणी सदस्य शारदा क्षेत्री ,सचिव नदिया लिवाङ्,न्युयोर्क च्याप्टरकै पूर्व अध्यक्ष साहित्यकार विकाश बिष्ट ,समालोचक रश्मि भट्ट, साहित्यकार गीता खत्री ,शोभा शिवाकोटी ,गायक अभय ढुंगेल, गायक सुवर्ण शाक्य ,न्युयोर्कबाट सन्चालित नेपाली भाषा तथा संस्कृति केन्द्रका संन्चालक तथा साहित्यकार पद्मा लिंखा मगर, शोभा शिवाकोटी, पुष्पा अधिकारी गौतम, च्याप्टर अध्यक्ष कवि राजन महर्जन र महासचिव कवि जानुका वस्ती ढकालले आ-आफ्नो रचनाहरू वाचन गर्नुभएको थियो। गायक अभय ढुंगेल र शारदा क्षेत्रीले मीठा मीठा गीतहरू सुनाएर माहोललाई थप रमाइलो बनाउनु भएको थियो ।
शान्त वातावरणमा च्याप्टरकी महासचिव जानुका वस्ती ढकालले सन्चालन गर्नुभएको कार्यक्रमको अन्त्यमा अध्यक्ष राजन महर्जनले सबैलाई धन्यवाददिंदै कार्यक्रम समाप्त भएको जानकारी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस्