नियात्राकार गीता खत्रीलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’

नियात्राकार गीता खत्रीलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’

 

पवित्रा ढकाल स्मृति कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ २०८० नियात्राकार गीता खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार महेश पौड्यालको संयोजनमा  बसेको निर्णायक समितिको बैठकले उक्त पुरस्कार अमेरिकामा रहेर सिर्जनरत साहित्यकार खत्रीलाई  प्रदान गर्ने निर्णय गरेको हो । 

रु. ५१ हजार नगद तथा सम्मानपत्र रहेको उक्त पुरस्कार खत्रीलाई उनका नियात्राकृति ‘झोखाङदेखि मजाटलानसम्म (२०७१) र उडेको आकाश डुलेको धरती (२०७८)’ का लागि समर्पण गरिएको हो ।

नियात्रका अतिरिक्त खत्रीका गीत, गजल र कथाका सङ्कलन तथा साङ्गीतिक एल्बमहरू प्रकाशित छन् । साहित्यकार खत्री 

अनेसास बोर्ड अफ ट्रस्टिजका निवर्तमान सभापति पनि हुन्। 

यो पुरस्कार प्रत्येक वर्ष श्रीपञ्चमीका दिन घोषणा गरेर अर्को वर्षको जेष्ठ १३ गते प्रदान गरिने परम्परा रहेको  छ ।  २०७६ सालदेखि प्रदान गर्न प्रारम्भ गरिएको यो पुरस्कार खत्रीभन्दा अघि नियात्राकारहरू डा. तारानाथ शर्मा, सत्यमोहन जोशी, देविचन्द्र श्रेष्ठ र भुवनहरि सिग्देलले प्राप्त गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्