अनेसास ‘आदर्श गुरूआमा सम्मान’को घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ‘अनेसास आदर्श गुरूआमा सम्मान-२०२३’को घोषणा गरेको छ ।

 

न्यूयोर्कमा रहेको सरल नेपाली पाठशालाकी प्रशिक्षक पदमा लिङखा मगरलाई नगद ४ सय डलर र सम्मान-पत्र एवम् अमेरिका नेपाली सहयोगी समाज अन्तर्गत एएनएचएस शिक्षा मनासस भर्जिनियाबाट अहोरात्र खटिंदै आएकी जानु ओझालाई नगद २ सय डलर र सम्मान-पत्रसहित सम्मान गरिने भएको हो । 

 

मार्च १०-१२, २०२३ मा बोस्टनमा हुने महिला सम्मेलनमा सम्मान समर्पण गरिने छ । विदेशमा बसेर निस्वार्थ रूपमा भाषा पाठशाला सञ्चालन गरेर निरन्तर नेपाली भाषा तथा कला प्रशिक्षणमा योगदान पुर्याउने शिक्षिकालाई पहिलोपटक अनेसासबाट सम्मान गर्न लागिएको हो ।

 

पुरस्कार संयोजक अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार कुनै पनि राज्यमा दर्ता भएर संचालनमा रहेको मुनाफारहित भाषा- साहित्य- कला प्रशिक्षण संस्था, पाँच वर्षदेखि निरन्तर सञ्चालनमा आएको, ५० भन्दा बढ़ीको संख्यामा बालबालिका रहेको, पाँच जनाभन्दा बढ़ी स्वयम् सेवक शिक्षक वा शिक्षिका रहेको पाठशालाई चयनको आधार मानिएको हो ।

 

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बिहिवार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्