१३ बुँदे घोषणापत्र जारीसहित अनेसासको पाँचौँ च्याप्टर र महिला सम्मेलन भव्यताका साथ सम्पन्न

अनेसासको पाँचौँ च्याप्टर र महिला सम्मेलन मार्च १०-१२ मा अमेरिकाको बोस्टन शहरमा रहेका नेपाली समुदायको , पशुपति तथा बुद्ध फाउन्डेशनको आफ्नै सभाभवनमा  भव्यताका  साथ सम्पन्न भएको छ।

सम्मेलनमा अमेरिकाका विभिन्न राज्यलगायत, नेपाल, भारत, जापान र युरोपलगायत विभिन्न देशका च्याप्टर तथा महिला प्रतिनिधिहरुको उपस्थिति थियो।  मार्च १०मा आमन्त्रित पाहुना तथा प्रतिनिधिहरुलाई सांगीतिक कार्यक्रमका साथ परिचय,  रात्रिभोज तथा अनेसास दिवसका अवसरमा केक काटेर स्वागत गरिएको थियो ।   

 

कार्यक्रमको दोस्रो दिन मार्च ११ को सम्मेलनको शुभारम्भ तथा शुभकामनासत्रमा अतिथिहरुलाई पंचकन्याले फूलका गुथ्था र खादा लागाएर  स्वागत गरेका थिए ।

प्रमुख अतिथि  मेरिल्याण्ड राज्यका हाउस अफ डेलिगेट ह्यारी भण्डारी र विशेष अतिथि बोस्टनका प्रह्लाद केसीले पानसमा दीप प्रज्ज्वलन गरेर अरम्म्भ गरेका थिए ।

बालसहभागिता पनि रहेको सम्मेलन शुभारम्भमा मंगलाचरण मन्त्र र नेपाली राष्ट्रियगानबाट शुरु भएको थियो । अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए ।  कार्यक्रम संचालन अनेसासका महासचिव विमला निरौलाले गरेकी थिइन् भने कार्यक्रम संयोजक एवं अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले साथ दिएका थिए ।

संस्थामा लामो समयदेखि योगदान दिने रोहिणी शर्मालाई अभिनन्दन गरिको थियो भने अग्रज साहित्यकार मोहन सिटौलालाई अनेसास डायस्पोरा साहित्यरत्न अनि अर्की साहित्यकार गीता खत्रीलाई अनेसास सयस्पोरा नारीरत्न पुरस्कारले सम्मान गरिएको थियो। 

त्यस्तै प्रवासमा नेपाली भाषा पाठशालामार्फत बालबालिकालाई भाषा प्रशिक्षण गराउंदै आएकी पदमा लिंखा मगर र जानु ओझालाई आदर्श गुरुआमा पुरस्कारबाट नगद पुरस्कारसहित सम्मान गरिएको थियो । 

उक्त अवसरमा अनेसासका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधिलगायत प्रमुखअतिथि,  अतिथि तथा अन्य विद्वान वक्ताहरुले बढ्दो अप्रवासनमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाई राख्न र पछिल्लो पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिको पहुँच कायम राख्न आनेसाले गरेका कामहरुको प्रशंसा  गर्नुक साथै  यस्ता सम्मेलन र विचारहरुको आदानप्रदानको महत्व दर्शाउँदै सम्मेलनको सफलताको कामना गरेका थिए । 

सम्मेलनमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले नेपाली भाषा साहित्य र तेसका लागि अनेसासले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

उक्त सम्मेलनका संयोजक तथा  बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले कार्यक्रमका प्रायोजक तथा स्थानीय प्रतिनिधिहरुको परिचय गराएका थिए ।  

अनेसासका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय साहित्य तथा कलाप्रेमी नेपालीभाषी व्यक्तित्वहरुको बाक्लो उपस्थिति र सहभागिताले भव्य बनेको उक्त कार्यक्रमको सभापतित्व अनेसासका केन्द्रिय अध्यक्ष तथा साहित्यकार गोवर्द्धन पूजाले  गरेका थिए ।

सोही दिनको दोश्रो सत्रमा भएको अनेसासका च्याप्टरहरुको सम्मेलनमा  उपस्थित च्याप्टर प्रतिनिधिहरुले आआफ्नो च्याप्टरमा भएका गतिविधिको प्रतिवेदन पेश गर्दै च्याप्टरमा आइपरेका समस्या र च्याप्टरको भावी कार्ययोजना र केन्द्र र च्याप्टरबीचको सम्बन्ध तथा सहकार्यका बारेमा आफ्ना मन्तव्य राखेका थिए । 

उक्त सत्रको अन्तमा अध्यक्ष गोवर्द्धन पूजाबाट च्याप्टरहरुलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना र पछिल्लो पुस्तासम्म पहुँच बढाउन च्याप्टरहरुले गरिरहेका प्रयास र उपलब्धिका लागि धन्यवाद दिंदै भएका समस्याहरुलाई केन्द्रले  च्याप्टरहरूको सल्लाह गरी समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त दिनको कार्यक्रमको अन्तमा संस्थाका महासचिव तथा सर्वोत्कृष्ट च्याप्टर मुल्यांकन समितिका सहजकर्ता विमला निरौलाबाट पूर्वनिर्धारित सर्वोत्कृष्ट च्याप्टर मुल्यांकन विवरण फारम पेश गरेका च्याप्टरहरुमध्येबाट भएको मुल्यांकन विवरण पेश भएको थियो । 

मूल्याङ्कनका आधारमा कोलोराडो च्याप्टरलाई यस वर्षको सर्वोत्कृष्ट च्याप्टर घोषित गरिएको थियो भने कतार च्याप्टरले प्रोत्साहन पुरस्कार र अन्य पाँच च्याप्टरहरूले प्रसंशापत्र प्राप्त गरेका थिए । 

उक्त पुरस्कारहरूको प्रयोजन क्रमश: अनेसास बोर्ड अफ ट्रष्टी सभापतिसमेत रहनु भएका पदम  विश्वकर्मा र अनेसास ट्रस्टी तथा साहित्यकार ईश्वरी भट्ट (न्यु ह्याम्प्सायर)ले गरेका थिए । उक्त सत्रको सभापतित्व वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेका थिए भने सत्रलाई संचालन शकुन ज्ञवालीले गरेकी थिइन् ।

सम्मेलनको पहिलो दिनको तेस्रो आकर्षण ‘अनेसास हिजो आज र भोलि’ मा विज्ञहरुले चर्चा परिचर्चा गरेका थिए । पूर्वअध्यक्षहरु पुरु सुवेदी, भीम रेग्मी र मोहन सिटौला विशेष वक्ता रहेको यो सत्र निकै सान्दर्भिक देखिन्थ्यो । अनेसास महासचिव विमला निरौलाले संचालन गरेको यस कार्यक्रम अनेसासका  उपाध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको थियो । 

पहिलो दिनको अन्तमा रात्रिभोजसहित विशेष संस्कृतिक कार्यक्रमको आयोजना गरी समापन गरिएको थियो।

कार्यक्रमको तेस्रो तथा अन्तिम दिनको पहिले सत्र महिला सम्मेलनबाट शुरु भएको थियो । महिला सम्मेलनको  अध्यक्षता नेपाल च्याप्टर अध्य्क्ष तथा महिला संयोजक सन्ध्या पहाडीले गरेकी थिइन् | अन्तराष्ट्रिय श्रमिक महिला दिवसको मौका पारेर आयोजना गरिएको उक्त महिला सम्मेलनमा  महिला वक्ताहरु साहित्यकार सीता पाण्डे, संसद शान्ता चौधरी,  साहित्यकार मंजु विमली,  बिओटी सदस्य रश्मि भट्ट, अनेसास सल्लाहकार भारती गौतम, बिओटी निवर्तमान अध्यक्ष गीता खत्री,  नर्दन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीत बजगाईं, साहित्यकार डा शशि थापाले महिलाहरुको योगदानको कदरको चर्चा गर्दै साहित्य लेखनमा महिलाहरुको चुनौतीको विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।

यस अवसरमा भारतको दार्जलिङ, सिलगुडी च्याप्टरकी उपाध्यक्ष साहित्यकार ललिता क्षत्रीको गीतसङ्ग्रह लोकार्पण गर्नुक साथै ‘छोरीहरुले जन्माएका आमाहरु’ पुस्तकको चर्चा लेखिका तथा अनेसास कन्सस च्याप्टर अध्यक्ष कमला न्यौपानेले गरेकी थिइन् । सम्मेलनका अवसरमा रीतादेवी प्रधानद्वारा लिखित पुस्तक, अनेसासका पूर्वअध्यक्ष हरि काफ्ले शैवकाे कवितासंग्रह “हराएका पानाहरू”, लालगोपाल सुवेदीको बिक्रीमा पृथिबीलगायत क्यालिफोर्निया, कोलोराडो निवासी स्रष्टाहरूका कृति एवं जापान निवासी स्रष्टाहरूका पाँच कृतिहरू, त्यसैगरी अनेसासद्वारा प्रकाशित सिर्जनामा नारी १-२ को लोकार्पण गरिएको थियो ।

अनेसास बिओटी सभापति पदम विश्वकर्मा, अनेसास अध्यक्ष गोवर्द्धन  पूजा,  अनेसास केन्द्रकी महासचिव विमला निरौला, महिला सदस्य तारा अधिकारी र शकुन ज्ञवालीले पनि सङ्क्षिप्त विचार र शुभकामान व्यक्त गरेका थिए ।

सम्मेलनको समापन गर्दै महिला संयोजक सन्ध्या पहाडीले महिला लेखनको चर्चा गर्दै सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् भने कार्यक्रम संचालन केन्द्रिय सदस्य सरिता अर्यालले गरेकी थिइन् ।

कार्यक्रमको तेस्रो दिनको दोश्रो सत्रमा अनेसास केन्द्रिय समिति महांसचिव तथा बालसाहित्यकार विमला निरौलाको संयोजनमा विदेशमा बस्ने नयाँ पुस्तालाई समावेश गरेर गरिएको बालकार्यक्रममा विभिन्न देशबाट उपस्थित बालबालिकाहरुको सहभागिता रहेको थियो  जसमा गीत नृत्य, कविता र वाद्यवादन प्रस्तुत भएका थिए ।

उक्त कार्यक्रमको संचालन केन्द्रिय सदस्य तारा अधिकारी र सभापतित्व विमला निरौलाले गरेकी थिइन् ।  कार्यक्रममा सहभागी बालबालिकाहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

अनेसासको च्याप्टर तथा महिला सम्मेलनको अर्को आकर्षण, साहित्यकार लालगोपाल सुवेदीको संयोजनमा संचालन भएको कविता गोष्ठीमा उपस्थित कवि तथा साहित्यकारहरुले विविध विषयमा मन  छुने कविताहरु वाचन गरेका थिए । कार्यक्रमको संचालन केन्द्रिय सदस्य शकुन ज्ञवालीबाट भएको थियो ।

बिओटी सभापति पदम विश्वकर्माको सभापतित्वमा भएको तेस्रो दिनको चौथो कार्यक्रममा अनेसासबाट भएका राम्रा कार्यहरू र सुधारका सम्भावनाका विषयमा छलफल र राय मागिएको थियो । जस्मा वरिष्ठ साहित्यकार कृष्ण धारावासी, अग्रज तथा सम्मानित रोहिणी शर्मा र युवा साहित्यकार तथा जापान च्याप्टर अध्यक्ष रविन शर्मा प्रमुख वक्ता  रहेका थिए ।

यस कार्यक्रमको संचालन बोस्टन च्याप्टरका पूर्व अध्यक्ष हरि काफ्लेले गरेका थिए भने मोडरेसन् बन्धु पोख्रेलले गरेका थिए । उक्त अवसरमा प्राप्त सुझावहरूका बारेमा प्रस्ट पार्दै अनेसास अध्यक्ष गोवर्द्धन पूजाले सुझाव र सहयोगका लागि धन्यवादका साथै सुझावहरुलाई क्रमश: छलफल, श्रोत र प्राथमिकताका आधारमा कार्यान्वन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तेश्रो दिनको अन्तमा दुवै सम्मेलनहरुको तर्फबाट अनेसासलाई आगामी दिनहरुमा दिशा निर्देश गर्न पारित घोषणापत्र जारी जारी गरिएको थियो । सम्मेलनको समापन गर्ने क्रममा अनेसासका तर्फबाट सम्पूर्ण स्वयंसेवक, चन्दादाता तथा बोस्टनस्थित नेपाली सामुदायिक केन्द्रप्रति आभार व्यक्त गरिएको थियो।  उक्त अवसरमा सम्मेलनमा सबै प्ररकारका सहयोग गर्नुहुने स्वयंसेवकहरुलाई मायाको चिनो र प्रमाणपत्रप्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्