अनेसासले शशी र सापकोटालाई सम्झदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार वासु शशी र भाषा शास्त्री महानन्द सापकोटाको सम्झनामा कार्यक्रम गर्ने भएको छ ।

नेपाली नाटक र कविताका क्षेत्रमा अमेट्य नाम वासु शशीको ८७ औँ जन्मजयन्तीको सन्दर्भ पारेर आगामी शनिवार शशीलाई सम्झना गर्ने भएको छ ।

कार्यक्रममा शशीको साहित्यिक योगदानका बारेमा चर्चा गर्नुका साथै उनका चर्चित कविताको वाचन गरिने छन् ।

यसैगरी अप्रिल २९, शनिवार भाषा शास्त्री महानन्द सापकोटाको सम्झनामा कार्यक्रम गरिने भएको छ।

अनेसास जर्जिया च्याप्टरको संलग्नतामा गरिने उक्त कार्यक्रममा सापकोटाको साहित्यक योगदानका बारेमा चर्चा गरिनुका साथै खुल्ला कविता वाचन गरिने छ ।

प्रतिकृया दिनुहोस्