जर्जियाको एट्लाण्टामा २१० औं भानुजयन्ती समारोह भव्यताकासाथ सम्पन्न

जर्जीया|१३ जुलाई २०२३ संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यस्थित एट्लाण्टा नगरीमा २१० औंभानुजयन्ती समारोह विविध कार्यक्रमहरूका साथ सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली सांस्कृति ककेन्द्र (एन. सि . सि ) को भवनमा सम्पन्न भएको उक्त्त कार्यक्रमको शुभारम्भ अन्तरा्र्ष्ट्य  राष्ट्रिय नेपाली साहित्य समाज जर्जियाका सहल्लाकार एवंम समाजसेवी जनक बराललेअतिथिहरूको स्वागत र आशन ग्रहण कार्यक्रम गरी गर्नुभएको थियो।

प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) का केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जर्जियाकाकी अध्यक्ष मीरा कोइरालाको सभातित्त्वमा सम्पन उक्त्त कार्यक्रममा जर्जिया च्याप्टरका वरिष्ठ उपाध्यक्ष डा. तुलसी आचार्यले स्वागत मन्तव्यद्वारा पाहुनाहरूको स्वागत गर्नुभएको थियो।

उक्त कार्यक्रममा कार्यक्रमका वि शेष अथि ति डा. प्रहाल्द पन्तलेआफू युवा अवस्थामा हुँदा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भेटेको र उहाँलेआफूहरू पढ्नेकलेजमा प्रकाशन गर्न लागेको ‘छात्रावाणी’ पत्रिकाको लागि कविता लेखिदिनुभएको अविष्मरणीय क्षणका बारेमा सुनाउनुभएको थियो।

यसैगरी त्यही सिलसिलामा नाटकार बालकृष्ण समलाई पनि भेटेको र उहाँको घरको भित्तामा सम आफैँले बनाएका राम्रा-राम्रा चित्रहरू देखेको जसका कारण आफू बालकृष्ण समसँग निकै प्रभावित भएको आफ्नो रमाइलो अनुभव पनि कार्यक्रममा सुनाउनुभएको थियो ।

कार्यक्रममा अर्का वि शेष अथि ति अन्तराष्ट्रि य नेपाली साहि त्य समाज बॊर्ड अफ ट्रष्टीका सहल्लाकार तथा मुक्तक शिरोमणि तीर्थराज अधिकारीलेअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना, तत्कालीन अवस्था र अहिलेको वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।

उहाँलेअनेसास जर्जि याच्याप्टरलाई भानुजयन्तीजस्ता अन्य रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरू गरेर विश्वभरि नै फैलिएका च्याप्टरहरू मध्येबाट पहिलो च्याप्टर बन्न सकोस् भनी शुभकामना पनि दिनुभएको थियो।

कार्यक्रममा अर्का अथि ति नेपाली कल्चरल सेन्टरका वर्तमान अध्यक्ष तथा समाजसेवी चेतनाथ घिमिरेले अनेसास जर्जिया च्याप्टरको स्थापनाकालीन अवस्थाको स्मरण गर्दै यसले आजको दिनमा प्राप्त गरेको उचाइलेआफू हर्षित भएको बताउनुभएको थियो।

कार्यक्रममा एट्लाण्टा नेपाली स्कुलका नानीबाबुहरूले नेपाल तथा अमेरिकाको राष्ट्रियगान गाएका थिए भने पाँचवर्षे बालक अंशल तिमिल्सिनाले गायत्री मन्त्र तथा शान्ति स्तुति पाठ गरेका थिए।

पाँच वर्षको सानो बालकले संस्कृतका श्लोकहरू नहेरीकन कण्ठस्थ वाचन गरेको देखेर कार्यक्रममा उपस्थित अतिथि तथा पाहुनालेआफूहरु
आश्चर्यचकित परेको कुरा बताउनुभएको थियो।

नेपाली भाषा सहित्यलाई माया गर्ने साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको उक्त्त कार्यक्रममा प्रमुख अतिथिबाट रामायणको श्लोक वाचन गरेर एट्लाण्टा स्कुल परिसरमा स्थापित भानुपुस्तकालयको उद्घाटन पनि गरिएको थियो। कार्यक्रममा डा. माधव सिग्देलले सुरिलो भाकामा रामायण वाचन गर्नुभएको थियो।

यसैगरी उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूबाट बालकथाकार तथा लेखक गीता सापकोटाको पुस्तक “सानी नानी सुनक्रेसा” पुस्तकको विमोचनसमेत गरिएको थियो ।

सोही कार्यक्रममा “भानुभक्त र घाँसी” नामक नाटक पनि मञ्चन गरिएको थि यो । डा. तुलसी आचार्य र अनिल कोइरालाले अभिनय गर्नुभएको उक्त नाटक कार्यक्रमको मुख्य आकर्षणको केन्द्र बनेको थियो। कार्यक्रममा नाटक मञ्चनका साथसाथै अनेसास जर्जियाका सहल्लाकार राजा घले, अनुप श्रीवास्तव, सि .के पराजुली, डा. संजीव सापकोटा, सुरेश सत्याल, तुलसी आचार्य तथा एट्लाण्टा नेपाली स्कुलका साना नानीहरू हुमना कँवर, स्वर्णान्जली थापा तथा शब्दा सिग्देलले निकै राम्रा राम्रा कविताहरू वाचन गर्नुभएको थियो।

सोही कार्यक्रममा डा. सुष्मा दाहाललगायत अनेसास जर्जिया च्याप्टरका सदस्यद्वय मुना आचार्य र राजेश सिजापतीले मीठो गायन प्रस्तुत गर्नुभएको थियो भने नेपाली पोशाक गून्यूचोली लगाएर नेपाली गीतमा छम -छम नृत्य गरेका एट्लान्टा नेपाली स्कुलका नानीहरू कृतिषा डंगोल, कृषा डंगोल, स्वर्णान्जली थापा, काव्या सिग्देल, प्रसिद्धि कुँवरका उत्कृष्ट नृत्यले कार्यक्रममा अझ रौनकता थपेको थियो।

कार्यक्रममा सहभागिता जनाइ शुभकामना व्यक्त गर्नका लागि जर्जियाभित्र रहेका विभिन्न संघसंस्थाहरु नाग, एनआरएन जर्जिया एनसिसि , मधेसी समाजको प्रति निधित्वहरूको उत्साहजनक रूपमा उपस्थिति रहेको थियो।

यसका साथ जर्जिया बाहिर आोहायो, बोस्टनदेखि अतिथिहरु आउनुभएको थियो । यसै अवसरमा नेपालदेखि साहित्यकार कृष्णप्रसाद बराल सहभागी हुन आइपुग्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले आफ्नो मन्तव्य राख्दै नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको अनेसासमा जोडिन सबैलाई आग्रह गर्नुभएको थियो। उहाँले अनेसास जर्जिया च्याप्टर आगामी दिनहरूमा उदाहरणीय च्याप्टर बन्न सकोस् भनी शुभकामनासमेत दिनुभएको थियो।

कार्यक्रमको अन्त्यमा कार्यक्रमकी सभापति तथा अनेसास जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइरालाले अतिथि तथा आगन्तुक महानुभावहरुलाई धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्त्वहरूमा आभार प्रकट गर्नु भएको थियो ।

कार्यक्रमको संचालन अनेसास जर्जिया च्याप्टरकी महासचिव विष्णु पँगेनी सिग्देलले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्