रामायण गाथा नृत्यनाटिका मञ्चन

काठमाडौं, असार २७, सांस्कृतिक संस्थानको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसर पारेर रामायण गाथा मञ्चन गरियो । मञ्चित नृत्य नाटक आदिकवि भानुभक्तकृत रामायण र कवि तुलसीदासकृत श्रीरामचरित्रमानस ग्रन्थमा आधारित रहेको थियो ।

नेपाली सिने जगत्का प्रख्यात निर्देशक तुलसी घिमिरेको परिकल्पना तथा निर्देशनमा मञ्चन गरिएको रामायण गाथामा ६० भन्दा बढी कलाकारले अभिनय गरेका थिए ।


उक्त गीति नाटकमा अभिनय गर्ने प्रायः सबै कलाकार सांस्कृतिक संस्थानका कलाकारहरु थिए भने नाटक मञ्चन कार्यक्रमका सहयोगीहरुमा नेपाली सिने जगत्का बादशाह निर शाह, राजेन्द्र शलभ, अशोक प्यासी राई, राजकुमार श्रेष्ठ, शिवराज पौडेल, जयदेवकृष्ण श्रेष्ठ, रमण घिमिरे, डिल्ली शर्मा, दिनेश दवाडी, कर्मयोगी र नेपाली रंगमञ्चका मदानी वीरेन्द्र हमाल थिए ।

सांस्कृतिक संस्थानको प्रेक्ष्यालयमा भएको उक्त गीतिनाटक रामायण गाथाका निर्देशक घिमिरेले कार्यक्रम तथा नाटकका विषयमा भएका कुरालगायत नाटक परिकल्पनाका विषयमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति श्री निशा शर्मा, कलाकार निर शाह, सुनिल पोखरेल, अशोक प्यासी, राजेन्द्र शलभलगायत कलाक्षेत्र तथा अन्य क्षेत्रका दर्शकहरुले प्रेक्षालय भरिभराउ थियो ।

प्रतिकृया दिनुहोस्