अनेसास नवरत्न पुरस्कार समिति गठन

२०८०८ गते शुक्रवार, काठमाडौं

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पक्षमा महत्त्वपूर्ण कार्य गर्ने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न पुरस्कारका लागि  पुरस्कार समिति गठन गरेको छ ।

अनेसास केन्द्रीय कार्यसमितिअनतर्गत गठन भएको यस समितिमा संयोजकसहित तीन सदस्सीय समिति गठन भएको छ ।

जसमा अनेसास केन्द्रीय सदस्य तारा अधिकारी संयोजक, पुनम काफ्ले र गोमा न्यौपाने सदस्य रहेका छन् । पुरस्कार समितिले एक महिनाभित्र उक्त पुरस्कारका लागि ९ जना महिलाको नाम सिफारिस गर्नेछ ।

सो सिफारिसका आधारमा नगद २ सय डलर र सम्मान-पत्रसहितको नवरत्न पुरस्कार प्रदान गरिने छ । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।

अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार, विशिष्ट स्रष्टा पुरस्कार, बाल प्रतिभा पुरस्कार, प्रवासमा नेपाली भाषा पाठशाला संचालन गरी नेपाली भाषा साहित्यका लागि योगदान पुर्याएबापत उत्कृष्ट गुरुआमा पुरस्कारलगायत थुप्रै पुरस्कारहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्