शकुन ज्ञवालीको मुक्तक संग्रह “खबरमा छु प्रिय” लोकार्पण
![शकुन ज्ञवालीको मुक्तक संग्रह “खबरमा छु प्रिय” लोकार्पण](https://inlsdarpan.com/wp-content/uploads/2023/09/bi-900x696-1.jpg)
सेप्टेम्बर २७, २०२३ बुधवार । अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्यकार क्रियाशील कवि शकुन ज्ञवालीको पाँचौं कृति मुक्तक संग्रह “खबरमा छु प्रिय” गत शनिवार सेप्टेम्बर २३ का दिन न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा लोकार्पण गरियो ।
कार्यक्रममा नेपाली साहित्य संगीतको मुहान पोखराबाट अमेरिका भ्रमणमा रहनुभएका पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल; लोकगायिका हरिदेवी कोइराला; कवि हनिफ मियाँको सो समारोहमा विशेष उपस्थिति रहेको थियो ।
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/KHA-895x900.jpg)
कार्यक्रममा तारा किशन फाउण्डेशनको तर्फबाट फाउण्डेशनका संस्थापक तारा धामी तथा कवि किशनसिंह धामीले कृतिकार शकुन ज्ञवालीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नुभएको थियो । यसैगरी सप्तरंगी साहित्य प्रतिष्ठान पोखरा र पोखरा प्रज्ञा प्रतिष्ठानले पनि कवि शकुन ज्ञवालीको सम्मान गर्दै दोसल्ला ,मायाको चिनो स्वरुप सम्मान पत्र पठाएको थियो ।
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/ramro-900x672.jpg)
यसैगरी पोखराबाट आउनुभएका विशेष अतिथिहरु प्राज्ञ एवं लोक गायिका हरिदेवी कोईराला र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पनि दोसल्ला ,मायाको चिनो स्वरुप सम्मान पत्र प्रदान गर्नु भएको थियो । कवि शकुन ज्ञवालीलाई अनेसास न्यूयोर्कले पनि दोसल्ला र मायाको चिनो स्वरुप सम्मानपत्र प्रदान गरेको थियो ।
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/bimo-2-900x599.jpg)
यसै गरि पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कलाकार मिलन शेरचनले मायाको चिनो र दोसल्ला पठाउनु भएको थियो ।
उक्त कार्यक्रममा सहभागी भएका अधिकांशले शकुन ज्ञवालीलाई दोसल्ला,माला,पुष्प गुच्छा र खादाद्वारा सम्मान गरेका थिए ।
बाहिर झमझम पानी परिरहेको अवस्थामा पनि समारोह स्थलमा भने अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष राजन महर्जनको सभापतित्व एवं न्यूयोर्कका कानून व्यवसायी कवि बिनोद रोकाको प्रमुख आतिथ्यतामा ४ घण्टा सम्म संचालन भएको सो कार्यक्रममा नेपाली साहित्यानुरागीहरुको भव्य उपस्थिति रहेको थियो ।
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/ra-1-900x675.jpg)
कृतिको समिक्षा साहित्यकार रस्मि भट्टले गर्नु भएको थियो । कार्यक्रमको उद्घोषण संचालन अनेसास न्यूयोर्कका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र महासचिव जानुका वस्ती ढकालले गर्नु भएको थियो ।
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/sagun-599x900.jpg)
सोही अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल; लोक गायिका हरिदेवी कोईराला; कवि हनिफ मियाँलाई अनेसास न्यूयोर्क च्याप्टर र कलाकारसंघले सम्मान पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा वरिष्ठ लोक गायिका हरिदेवी कोईरालाले पनि कवि त्रय शकुन,लक्ष्मी तथा नादियालाई मिलन शेरचनले पठाएको मायाको चिनो तथा वहाले समेत मायाको चिनो प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/na-900x599.jpg)
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/ramro-1-900x506.jpg)
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/jyoti-900x728.jpg)
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/arko-900x599.jpg)
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/kai-900x675.jpg)
![](https://www.enepalese.com/wp-content/uploads/2023/09/samm-647x900.jpg)
समाचार, तस्वीर साभार: ईनेप्लिज