पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति साहित्यकार पदम विश्वकर्माले प्रज्ञा अन्तर्देशीय पुरस्कार २०८० पाउने भएका छन् ।

यस अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सभापति विश्वकर्माप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएका पुरस्कारहरुमा सामान्य संशोधन र केही पुरस्कार थप गर्दै यस वर्ष २०८० का लागि पुरस्कार प्रदान गर्ने निर्णय गरेको कुरा नेप्रप्रले एक विज्ञप्तिमार्फत बताएको छ ।

पुरस्कार प्राप्त गर्नेहरुमा प्रज्ञा अनुवाद पुरस्कार २०८० खगेन्द्र संग्रौला, प्रज्ञा दर्शन पुरस्कार २०८० मोहनविक्रम सिंह, प्रज्ञा सामाजिक शास्त्र पुरस्कार २०८० शान्ता श्रेष्ठ, प्रज्ञा संस्कृति लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार २०८० घनश्याम शर्मा पौडेल, प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार २०८० कृष्ण गौतम, प्रज्ञा भाषा पुरस्कार २०८०, प्रा.डा. देवीप्रसाद गौतम, प्रज्ञा साहित्य पुरस्कार (पद्य) २०८० बम देवान, प्रज्ञा साहित्य पुरस्कार (गद्य) २०८० राजव, प्रज्ञा बाल साहित्य पुरस्कार २०८० गंगा कर्माचार्य र प्रज्ञा अन्तर्देशीय पुरस्कार २०८०, पदम विश्वकर्मा रहेका छन् ।

प्रत्येक वर्ष दिइने यी पुरस्कार राशि जनही रुं एकलाख रहेको छ ।

प्रतिकृया दिनुहोस्