जगन्नाथले बग्दैबग्दै लिएर आए

२०८० चैत २७, काठमाडौं ।

२०८० चैत २६ गते कवि जगन्नाथ पौडेलको कवितासङ्ग्रह ” बग्दैबग्दै” को नेपाल प्रज्ञा-प्रतिष्ठानको भवनमा लोकार्पण भयो ।

अनेसास नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरूलाई नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले मन्तव्यसहित स्वागत गरेका थिए भने कोषाध्यक्ष कमला रिसालले गीत गाएर स्वागत गरेकी थिइन् ।

कार्यक्रममा भरखरै मात्र नेपाली वाङ्मयले गुमाएका साहित्यका हस्तीहरू परशु प्रधान र दधिराज सुवेदीलाई श्रद्धान्जलिस्वरूप १ मिनेट मौनधारण गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्व रहेको उक्त कार्यक्रमको मञ्चासनमा  रहेका प्रमुख अतिथि अनेसास बिओटीका अध्यक्ष पदम विश्वकर्मा थिए भने विशिष्ट अतिथिहरूमा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका थापा सोलु, पूर्व सल्लाहकार एवं समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम र अतिथिहरूमा महेश पौड्याल, गणेशकुमार जिसी , अश्विनी कोइरालाले बग्दैबग्दै कृतिलाई लोकका नाममा अर्पित गरेका थिए ।

कृति लोकार्पणपश्चात आयोजक नेपाल च्याप्टरले अमेरिकाबाट आएका अनेसास बीओटीका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि र अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई स्वागत सम्मान गरेको थियो भने लोकार्पित कृतिका कवि जगन्नाथ पौडेललाई सम्मानपत्रसहित खादामाला लगाई सम्मान गरिएको थियो ।

 प्रखर समालोचकहरू महेश पौड्याल र बालकृष्ण अधिकारीले कृतिमाथि समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए भने मञ्चासीन राधेश्याम लेकाली, गणेशकुमार जिसी, डा.  रेणुका सोलु, प्रा.डा लक्षमणप्रसाद गौतम, आदिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मन्जिला शर्माले सञ्चालन गरेको कार्यक्रममा नेपाल च्याप्टरका सदस्य सुमन वर्षा एपीवान टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं लेखकका बालसखा मोहराज शर्मा,  तै तै धितालआदिले लोकार्पित कृतिभित्रको कविता वाचन गरेका थिए । वाचनलाई वसन्त चामलिङ राईको बासुरीको धूनले माधुर्यता थपेको थियो ।

कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, स्रष्टा युवराज नयाँघरे, अनेसास नेपालका निवर्तमान उपाध्यक्ष दिव्य गिरी, अनेसास नेपालका निवर्तमान महासचिव ऋषभदेव घिमिरे, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, विजयध्वज थापा, विक्रमभक्त जोशी, देविका तिमिल्सिना, रन्जना निरौला (महासचिव), शान्ति रिसाल, डा. सिर्जना शर्मा,  ममता मृदुल, मायादेवी ढकाल, राजरजक, हरिश कल्पित लगायत उल्लेख्य साहित्यकारहरू एवं लेखकी धर्मपत्नी कृष्णकुमारी शर्मालगायत  परिवारका सदस्यहरूको दर्हो उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस्