अनेसास बालतारा पुरस्कारको नतिजा सार्वजनिक ।

२०८० जेठ ९ गते  बुधवार

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले अनेसास बालतारा पुरस्कारको नतिजा सार्वजनिक गरेको छ ।

पुरस्कृत बालबालिकाहरुमा आयाम घिमिरे (अस्ट्रेलिया), रेभा शाह (अस्ट्रेलिया), आशीर्वाद अधिकारी (क्यालिफोर्निया अमेरिका), कृति तिमिल्सिना (जर्जिया, अमेरिका), प्रसुन पौडेल (भर्जिनिया, अमेरिका), हार्दिक काफ्ले (बोस्टन, अमेरिका), सम्पदा दुलाल (ओटोवा, क्यानाडा), खुशी खनाल (लिस्वन, पोर्चुगल), इरिका सापकोटा (जापान) र शिवानी गौतम (जापान) रहेका छन् ।

प्रवासमा रहेर नेपाली भाषा साहित्य कला र संस्कृतिमार्फत गरेको योगदानको कदरस्वरूप प्रदान गरिने बालतारा पुरस्कार हरेक २ वर्षमा वितरण हुँदै आएको छ ।

यस वर्ष (२०२२–२०२४) मा प्रवासका विभिन्न स्थानका दश जना बालबालिका पुरस्कृत र समानित भएका छन् ।

अनेसासकी महासचिव बाल साहित्यकार विमला निरौलाको परिकल्पना र केन्द्रीय कार्यसमितिको निर्णयबाट २०२२ देखि शुरु गरिएको यो पुरस्कारको राशि जनही १०५ डलर र प्रमाणपत्र रहेको छ ।

स्थानीय च्याप्टरहरुले बालप्रतिभाको छनोट गरी पठाएको नामको आधारमा बाल समितिबाट उक्त नाम छनौटमा परेको कुरा अनेसास बालसमितिका संयोजक डा. प्रकाश पौडेलले बताएका छन् । यो बालसाहित्य पुरस्कार यही मे २५ मा हुने विश्व बालसाहित्य सम्मेलनमा समर्पण गरिने कुराको जानकारी पनि बाल संयोजक डा प्रकाश पौडेलले बताएका हुन् । उक्त पुरस्कारको प्रायोजक अनेसास कै स्थानीय व्यक्तिहरु रहेका छन् । अनेसासले तथा अनेसास बालसमितिले पुरस्कृत सम्पूर्ण बालबालिकाहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

 

प्रतिकृया दिनुहोस्